अब २० लाख ९६ हजारमा सानो क्युट ईभी पाइने, स्टाइलिश र ३ सय किमि रेन्ज दिने

काठमाडौं । सानो, कम्प्याक्ट र परिवारमैत्री इलेक्ट्रिक गाडी खोजिरहेका उपभोक्ताका लागि खुसीको खबर छ । नेपालका लागि केई ईभीको आधिकारिक वितरक लक्ष्मी ई-मोबिलिटी र जीओ अटोमोबाइल्सले आफ्नो चर्चित मोडल केई ई–क्युट ०२ ईभी को मूल्य दुई लाख रुपैयाँले घटाएको घोषणा गरेका छन् ।

कम्पनीका अनुसार अब यो ईभी २० लाख ९६ हजार रुपैयाँमा उपलब्ध हुनेछ, जुन अघिल्लो मूल्य २२ लाख ९६ हजार रुपैयाँ भन्दा कम हो ।

३०० किलोमिटरको सिंगल चार्ज रेन्ज दिने यो सवारीमा ४० किलोवाट मोटर र २८।०८ किलोवाट आवर ब्याट्री जडान गरिएको छ । सुरक्षा सुविधामा ड्युअल एयरब्याग, एबीएस, एचएसी, आइसोफिक्स, स्टिल केज फ्रेम जस्ता 'सेफ्टी फर्स्ट' फिचर छन् ।

त्यस्तै, ३६० डिग्री भ्यु क्यामेरा, पुस स्टार्ट बटन, १०.२५ इन्चको टचस्क्रिन, चार ड्राइभिङ मोड, अटोमेटिक हेडल्याम्प, अटो रिमोट विन्डो कन्ट्रोल, ड्राइभर आर्मरेष्ट जस्ता सुविधा पनि यसमा समावेश छन् ।

नेपालको बजारमा उपलब्ध विभिन्न ईभी विकल्पहरूमध्ये मूल्य र डिजाइनका हिसाबले केई ई–क्युट ०२ अब सस्तो र स्टाइलिश परिवारिक गाडीको रुपमा लोकप्रिय हुन सक्ने अनुमान गरिएको छ ।

Share News