यामाहा नेपालको ७०औं वार्षिकोत्सवमा राष्ट्रव्यापी एक्सचेन्ज अफर

काठमाडौं। यामाहाको इनोभेसन, स्टाइल र पर्फर्मेन्सले भरिएको ७० वर्षको गौरवमय यात्रालाई स्मरणीय बनाउन यामाहा नेपालले ‘जीता एक्सचेन्ज अफर’ अभियान सार्वजनिक गरेको छ । असार २५ देखि ३२ गतेसम्म सञ्चालन हुने यो राष्ट्रव्यापी एक्सचेन्ज इभेन्ट यामाहाका सबै शोरूममा एकैसाथ आयोजना हुनेछ ।

अभियान अन्तर्गत ग्राहकले पुरानो कुनै पनि ब्राण्डको बाइक वा स्कुटर साटेर यामाहा ब्राण्डको नयाँ सवारी किन्न सक्नेछन् । एक्सचेन्ज गर्दा न्यूनतम २५ हजारको मूल्याङ्कन, अतिरिक्त १० हजारसम्मको भ्यालुएसन बोनस, विशेष मोडेलमा शून्य प्रतिशत ब्याजदरमा ईएमआई योजना, लचिलो फाइनान्स सुविधा, र २ वर्षसम्मको ट्याक्स–फ्री–राइड–फ्री अफरसहित विभिन्न सुविधा उपलब्ध छन् ।

त्यसैगरी, ग्राहकले नयाँ बाइक वा स्कुटर किन्दा ७ हजारसम्मको नगद छुट तथा ७.९९ प्रतिशत ब्याजदरमा आकर्षक किस्ताबन्दी योजना पनि पाउन सक्नेछन् ।

एमएडब्लु राइड्सका कार्यकारी निर्देशक तथा सीइओ दीपककुमार अग्रवालले यामाहा सधैंभरि पर्फर्मेन्स, भरोसा र इनोभेसनको प्रतीक बनेको उल्लेख गर्दै भने, '७०औं वार्षिकोत्सवको अवसरमा सुरु गरिएको राष्ट्रव्यापी एक्सचेन्ज क्याम्पेन ग्राहकलाई यामाहाको लिजेन्डरी यात्रासँग जोड्ने रमाइलो अवसर हो । यो अभियान विश्वसनीय जापानी इन्जिनियरिङ, पुस्तौंदेखि कायम गुणस्तर, र नवप्रवर्तनशील सोचको उत्सव पनि हो ।'

नेपालमा यामाहाले आधुनिक प्रविधि, बलियो सेवा सुविधा र व्यापक डिलर नेटवर्कमार्फत दुईपाङ्ग्रे सवारीको बजारमा सुदृढ उपस्थिति बनाउँदै आएको छ । दैनन्दिन प्रयोगमा उपयुक्त स्कुटरदेखि एडभेन्चरका लागि डिजाइन गरिएका मोटरसाइकलसम्म, यामाहाका सवारी साधनले ग्राहकलाई सन्तोषजनक मूल्य र उत्कृष्ट राइडिङ अनुभव प्रदान गरिरहेका छन् ।

Share News