काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि सिफारिस समितिले ३ जनाको नाम प्रधानमन्त्री तथा त्रिवि कुलपति केपी शर्मा ओलीलाई बुझाएको छ । तर सिफारिस भएका ३ जनाको नाम सार्वजनिक गरिएको छैन ।
उपकुलपतिका लागि १२ जना प्रतिस्पर्धामा रहेकामा प्रा.डा. खड्ग केसी, प्रा.डा. विनिल अर्याल, प्रा.डा. योगेन्द्रबहादुर गुरुङ, प्रा.डा. उपेन्द्र कोइराला र प्राध्यापक डिल्ली उप्रेतीको चर्चा बढी भएको छ ।
केसरजङ्ग बरालले राजीनामा दिएपछि रिक्त उपकुलपति पदमा प्रधानमन्त्रीले चाँडै निर्णय गर्ने बताइएको छ ।