काठमाडौं । सौर्य एयरलाइन्सले एटीआर विमान ल्याउने तयारी गरको छ । गत वर्ष साउन ९ गते एकमात्र बम्वार्डियर सिआरजे विमान दुर्घटनामा परेपछि विमानविहीन बनेको सौर्य एयरलाइन्सले ४ वटा एटिआर विमान ल्याएर पुनः उडान सुरु गर्ने तयारी गरेको जनाएको छ ।
एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलका अनुसार नागरीक उड्डयन प्राधिकरणबाट ४ वटा एटीआर विमान भित्र्याउने स्वीकृति अन्तिम चरणमा पुगेको छ ।
जनवरी २०२६ सम्ममा उडान सुरु गर्ने लक्ष्यसहित तयारी भइरहेको र एटीआर खरिद प्रक्रियाका लागि आफू युरोपमै रहेको उनले बताए ।