असन प्रवेशद्धारमा निर्मित सिंहद्धारको बालेनले गरे उद्घाटन

काठमाडौं । राजधानीको ऐतिहासिक तथा प्रमुख व्यापारिक केन्द्र असन बजारको प्रवेशद्धारमा निर्माण गरिएको सिंहद्धार (सिंहको मूर्ति) काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले एक कार्यक्रमकाबीच उद्घाटन गरेका छन् ।

काठमाडौं महानगरपालिका वडा नं. २७ अन्तर्गत पर्ने कमलाक्षीस्थित असन प्रवेशद्वारमा स्थापना गरिएको सिंहको प्रति मूर्तिको निर्माण लागत सात लाख रुपैयाँ रहेको आर्किटेक्ट इन्जिनियर गौरव श्रेष्ठले जानकारी दिएका छन् ।

Share News