काठमाडौं । टाटा मोटर्सका नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले '७.७ डिल्स लाइक नेभर बिफोर' नामक योजना सार्वजनिक गरेको छ । यही असार १९ देखि २३ गतेसम्म सञ्चालन हुने यस कार्यक्रम अन्तर्गत जुनसुकै ब्रान्डका पुराना गाडी साटेर नेपालमै अत्यधिक रुचाइएका टाटा ब्राण्डका अत्याधुनिक इभी -टियागो इभी, पञ्च इभी, नेक्सन के३ इभी र कभ इभी सहज रूपमा खरिद गर्न सकिनेछ ।
सिप्रदीका अनुसार कार्यक्रममा सहभागी भएर गाडी खरिद गर्दा जोडीका लागि थाइल्यान्ड भ्रमण, एक वर्षको अटो प्लस बीमा, दुई आर्थिक वर्षको सवारी कर, निःशुल्क एसेसोरिज, वारेन्टी अवधिभर चार्जिङ सेवा, चार्जिङ बक्ससहितको जडान, र एम्बोस्ड नम्बर प्लेटको सुविधा समेत निःशुल्क प्रदान गरिनेछ ।
यसका साथै नेपालभर रहेका टाटा मोटर्सका शोरूमहरूमा टेस्ट ड्राइभ, बुकिङ वा गाडी मूल्यांकन गर्ने ग्राहकका लागि उपहारको व्यवस्था गरिएको छ भने एक विजेताले बम्पर पुरस्कार स्वरूप आइफोन १६ जित्ने अवसर पाउने छन् ।

सिप्रदी ट्रेडिङले विद्युतीय सवारी प्रयोगलाई थप सहज, सुरक्षित र फाइदाजनक बनाउने उद्देश्यले यो अफर ल्याएको जनाएको छ । पाँच दिनसम्म सीमित यस अवसरमा ग्राहकहरूलाई समयमै नजिकको शोरूममा सम्पर्क गर्न आग्रह गरिएको छ ।