छात्रवृत्तिमा पढ्न चाहनुहुन्छ ? काठमाडौं महानगरले फारम खुला गर्‍यो

काठमाडौं । काठमाडौं महानगरले कक्षा ११ र १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहनेहरूका लागि आवेदन खुला गरेको छ । माध्यामिक शिक्षा परीक्षा एसईईमा ग्रेड भएका विद्यार्थीलाई मध्यनजर गर्दै महानगरले सूचना निकालेको हो ।

महानगरपालिका अन्तर्गतका संस्थागत शिक्षण संस्थामा अध्ययन गर्न चाहने विद्यार्थीले अनलाइन मार्फत आवेदन दिन सक्ने महानगरपालिकाले जनाएको छ । इच्छुक विद्यार्थीले यही असार १८ गतेदेखि २७ गते रातीसम्म फारम भर्न सक्ने महानगरले एक सूचना जारी गर्दै जानकारी गराएको हो ।

आवेदन भरेका विद्यार्थीहरूको परीक्षा साउन ३ गते बिहान ८ बजेदेखि १० बजेसम्म परीक्षा लिइने छ । परीक्षामा सोधिने प्रश्नका विषय र क्षेत्र माध्यमिक तह कक्षा १० को पाठ्यक्रममा आधारित सयवटा वस्तुगत बहुवैकल्पिक प्रश्न हुने छन् ।
 

Share News