एसईईको रिजल्ट आएपछि विद्यार्थीहरूको मनमा अनेक प्रश्न उठ्छन्, अब कहाँ पढ्ने, कुन विषय रोज्ने, कुन कलेजमा भर्ना हुने ? उनीहरू भविष्यका सपनाहरूलाई सजिलो बाटोमा लैजाने सही स्कुल वा कलेज खोज्न चाहन्छन् । यस समयमा धेरैले साथी, परिवार, शिक्षकहरूसँग सल्लाह गर्छन्, कलेजको सेमिनार, काउन्सिलिङमा जान्छन् र अनलाइन रिसर्च गर्छन् । उनीहरूको चाहना हुन्छ, ‘जहाँ शिक्षाको गुणस्तर राम्रो होस्, अनुभवी शिक्षक टिम होस्, विद्यार्थीलाई सिक्न र बुझ्न मद्दत गर्ने वातावरण होस् र भविष्यको लक्ष्यलाई मार्गदर्शन गर्ने अवसरहरू मिलून् ।’
त्यस्तै सोचका विद्यार्थीहरूका लागि युनिग्लोब स्कुल उत्कृष्ट विकल्प बन्न सक्छ । काठमाडौंको मुटु कमलादी रहेको यो स्कुलले विज्ञान, व्यवस्थापन र कानुनमा प्लस टु कार्यक्रम सञ्चालन गर्दै आएको छ । यो कलेजमा अनुभवी शिक्षक, अत्याधुनिक पूर्वाधार, अनुसन्धान र प्रयोगशाला सुविधा छ भने अन्तरक्रियात्मक सिकाइ पद्धतिमार्फत अध्यापन गराइन्छ ।
‘खोज्दै सिक्दै’ को भावनामा स्थापित यस स्कुलमा विद्यार्थीहरूले केवल किताबमै सीमित नभई केस स्टडी, समूह परियोजना, इत्यादि अभ्यासमार्फत आफ्नो ज्ञानलाई व्यवहारमा उतार्ने अवसर पाउने दाबी युनीग्लोबले गर्छ । तपाई आफ्नो भविष्यको सुनिश्चित बाटो खोज्दै हुनुहुन्छ भने युनीग्लोब तपाईंको लागि उपयुक्त गन्तव्य हुन सक्छ ।
अन्य स्कुल भन्दा के फरक ?
युनिग्लोब अरु स्कुलहरूसँग तुलना गर्दा स्पष्ट रूपमा केही विशेषताहरूले फरक देखिन्छ । यहाँ केवल पाठ्यपुस्तक पढ्ने तरिकामा मात्र होइन, व्यवहारिक र समग्र विकासमा विशेष जोड दिइन्छ । अन्य विद्यालयहरूले जहाँ परम्परागत विधि अपनाउँछन्, युनिग्लोबले अत्याधुनिक प्रयोगशाला, स्मार्ट कक्षा, र इन्टरएक्टिभ शिक्षण प्रविधिहरू प्रयोग गरेर सिकाइलाई अझ प्रभावकारी बनाएको छ ।

यहाँका शिक्षकहरू मात्र ज्ञान दिँदैनन्, विद्यार्थीहरूको सोच, विश्लेषण, र समस्या समाधान गर्ने क्षमता विकास गर्न प्रेरित गर्छन्। यस विद्यालयमा विज्ञान, व्यवस्थापन र कानुनका विषयहरूमा प्लस टु कार्यक्रम चल्छ । जसले विद्यार्थीलाई पूर्णतः २१औं शताब्दीका लागि तयार पार्दछ । तर यहाँको शिक्षण विधि परम्परागतभन्दा फरक छ । विज्ञानका विद्यार्थीहरूले अत्याधुनिक प्रयोगशालामा व्यावहारिक सिकाइ पाउँछन् जहाँ उनीहरूले किताबमा मात्र नभई वास्तविक प्रयोग गरेर ज्ञानलाई गहिराइमा बुझ्न पाउँछन् ।
व्यवस्थापनका विद्यार्थीहरूलाई केवल थ्योरी मात्र होइन, मार्केटिङ, वित्तीय योजना, नेतृत्व कौशललगायत धेरै कुराहरू केस स्टडी, इन्टरेक्टिभ सेमिनार र सिमुलेसनमार्फत सिकाइन्छ। कानुनका विद्यार्थीहरूलाई तार्किक चिन्तन र कानुनी विश्लेषणमा दक्ष बनाउने अभ्यास गराइन्छ । यसरी हरेक विद्यार्थीले आफ्नो रुचि र क्षमताअनुसार अध्ययन गर्न पाउँछन् ।
यहाँ विद्यार्थीहरूलाई प्रायः बाहिरी फिल्ड ट्रिपहरू, अनुसन्धान परियोजनाहरू, र व्यावसायिक वातावरणसँग जोडिएका अनुभवहरूमा लैजाने व्यवस्था छ, जसले उनीहरूको सिकाइलाई वास्तविक जीवनसँग जोड्छ । अन्य विद्यालयमा प्रायः यस्ता व्यवहारिक अवसरहरू सीमित हुन्छन् । बिहान र दिउँसो दुई सिफ्टमा पढाइ हुने यस विद्यालयमा, विद्यार्थीहरूको मनोबल र आत्मविश्वास बढाउन कलेजले 'एस्प्रिट डे कोर्प्स ' अर्थात् टोली भावना विकासमा ठूलो महत्त्व दिन्छ, जसले समग्र विद्यार्थी जीवनलाई सकारात्मक र सहयोगी बनाउँछ । व्यवस्थापन पनि पारदर्शी, सुलभ र विद्यार्थी- अभिभावक मैत्री रहेको कारण यहाँको वातावरण अत्यन्तै भरोसायोग्य र सुरक्षित मानिन्छ ।
स्कुलका प्रधानाध्यापक डा. गणेश रेग्मी कलेजले परम्परागत शिक्षामा सीमित नभइ सीप, आत्मविश्वास र नेतृत्व क्षमता विकास गराउने काम गरिरहेको बताउँछन् । ‘हामीसँग अत्याधुनिक प्रयोगशालाहरू, डिजिटल शिक्षण सामग्री, र अनुभवी शिक्षकहरूको टिम छ, जसले विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान दिन दिन्छ,’ उनी भन्छन्,‘हामीले विज्ञान, व्यवस्थापन र कानुनका विद्यार्थीहरूलाई मात्र थ्योरीमा होइन, फिल्ड भिजिट, केस स्टडी, र परियोजनामार्फत सिक्ने अवसर दिन्छौं, जसले उनीहरूलाई प्रतिस्पर्धी विश्वमा अगाडि बढ्न सक्षम बनाउँछ।’
यो कलेजको वातावरण पनि मित्रवत्, सुरक्षित र विद्यार्थी केन्द्रित छ । जसले विद्यार्थीलाई खुल्ला मनले सिक्न र विकास गर्न प्रोत्साहित गर्छ। उनी थप्छन्, ‘भर्ना गर्नेहरूलाई म भन्न चाहन्छु, युनिक ग्लोबमा तपाईंले यस्तो शिक्षा पाउनुहुनेछ जुन तपाईंको व्यक्तित्व र भविष्यको लागि दिगो हुनेछ । हामी तपाईंको रुचि, क्षमताअनुसार मार्गदर्शन गर्छौं, केवल परीक्षा पास गर्ने शिक्षा होइन, जीवनभर काम लाग्ने ज्ञान सिकाउने लक्ष्यका साथ। यहाँ शिक्षाको गुणस्तर मात्र नभएर विद्यार्थीकै भलाइलाई केन्द्रमा राखिन्छ। यदि तपाईं प्रतिस्पर्धात्मक बजारमा सफल हुन चाहनुहुन्छ भने, युनिक ग्लोब सेकण्डरी स्कुल तपाईंका लागि सर्वोत्तम विकल्प हो।’

युनिग्लोब स्कुल एण्ड कलेजले आफ्नो व्यवस्थापनलाई अत्यन्तै सुसंगठित र पारदर्शी बनाएको छ । जसले विद्यार्थी, अभिभावक र शिक्षकहरूबीच विश्वास र सहकार्यको वातावरण सिर्जना गरेको छ । यहाँ विद्यार्थी भर्ना प्रक्रियादेखि दैनिक प्रशासनसम्म सबै पक्षलाई सहज र प्रभावकारी बनाउने उद्देश्यले यहाँ आधुनिक सूचना प्रविधिको प्रयोग गरिन्छ । विद्यालयले समयमै सूचना प्रवाह, नियमित अभिभावक बैठक, र विद्यार्थी प्रगतिको स्पष्ट मूल्यांकन प्रणाली अपनाएको छ जसले पारदर्शिता कायम राख्दछ।
छात्रवृत्तिको व्यवस्था
यो कलेजले आर्थिक अवस्था राम्रो नभएका विद्यार्थीलाई पढाइबाट वञ्चित हुन दिँदैन । आर्थिक रूपमा कमजोर विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था गरेको छ भने शुल्क तिरेर अध्ययन गर्नेहरूका लागि पनि सजिलो किस्ताबन्दी व्यवस्था गरेको छ ।
प्रधानाध्यापक रेग्मीका अनुसार यो कलेजले सबैलाई गुणस्तरीय शिक्षा प्राप्तिको अवसर दिँदै आएको छ । व्यवस्थापन टोलीले विद्यालयको शैक्षिक र प्रशासनिक पक्षलाई सन्तुलित रूपमा अघि बढाउन कडा मेहनत गरेको छ । जसले गर्दा युनिग्लोबले उच्च शैक्षिक स्तर र सकारात्मक विद्यार्थी अनुभव सुनिश्चित गर्न सफल भएको छ ।
युनीग्लोबका व्यवस्थापन प्रमुख भन्छन् ‘हामीले यो विद्यालयलाई केवल पढाइको थलो मात्र होइन, एक सम्पूर्ण शैक्षिक वातावरणका रूपमा विकास गरेका छौं जहाँ विद्यार्थीहरू आत्मविश्वासी, जिम्मेवार र सक्षम नागरिक बन्न प्रेरित हुन्छन्।’ यो कलेजको प्राथमिकता भनेको विद्यार्थीहरूको सहजता र समग्र विकास हो । यसका लागि कलेजले भर्ना प्रक्रियादेखि दैनिक प्रशासन र सेवा प्रवाहसम्म सबै कुरा पारदर्शी, सरल र विद्यार्थी–अभिभावक मैत्री बनाएको छ । उनी कक्षा ११ र १२ मा अत्याधुनिक कक्षा कोठा, प्रायोगिक प्रयोगशाला, पुस्तकालय, र डिजिटल सुविधा उपलब्ध छन् जसले सिकाइलाई प्रभावकारी र आकर्षक बताउँछन् ।
उनी भन्छन्,‘फिल्ड ट्रिप, केस स्टडी, प्रोजेक्ट वर्क जस्ता व्यवहारिक सिकाइका अवसरहरू विद्यार्थीलाई मात्र नभएर अभिभावकलाई पनि विश्वस्त बनाउँछ, यहाँ पढाइले वास्तविक जीवनका चुनौतीहरू सामना गर्न तयार पार्छ।’ कलेजले छात्रवृत्ति र आर्थिक रूपमा सहयोगी नीति लागू गरेर सबै विद्यार्थीलाई शिक्षा पहुँचयोग्य बनाउने लक्ष्य राखेको छ । कमलादीको सुविधाजनक स्थान र सुरक्षित वातावरणले विद्यार्थी र अभिभावक दुबैलाई मनोवैज्ञानिक सन्तुष्टि दिन्छ ।
यी सबै पक्षहरूले गर्दा युनिक ग्लोब सेकण्डरी स्कुलमा भर्ना हुन विद्यार्थी र अभिभावकहरू झन् आकर्षित भएका छन्।
यहाँ अध्ययन गर्ने विद्यार्थीलाई पढाइ मात्र नभइ हरेक दिन नयाँ कुरा सिक्न अवसर पनि दिइन्छ । यहाँ पढिरहेका विद्यार्थी भन्छन्,‘शिक्षकहरू साथीझैँ हुनुहुन्छ, प्रयोगात्मक कक्षाहरू, प्रोजेक्टहरू, फिल्ड भिजिटले सिकाइ झनै रमाइलो बनाउँछ। यहाँको वातावरण सुरक्षित र सहयोगी छ। आत्मविश्वास बढ्छ, कुरा राख्न सिकिन्छ, टीममा काम गर्न सिकिन्छ। भविष्य बनाउन युनिग्लोबले सही बाटो देखाइरहेको छ ।’
अभिभावकहरूको दृष्टिले हेर्दा, युनिग्लोब एसएस कलेजले उत्कृष्ट शिक्षाको ग्यारेन्टी मात्र नभइ आफ्ना विद्यार्थीको समग्र विकास र सुरक्षामा पनि पूर्ण प्रतिबद्धता जनाएको छ । यहाँको अनुभवी शिक्षक टोली, सुरक्षित र अनुशासित वातावरण, र बच्चाहरूको व्यक्तिगत आवश्यकतामा ध्यान दिने व्यवस्थापनले अभिभावकहरूको मन शान्त बनाउँछ। विद्यालयले व्यावहारिक सिकाइका अवसरहरू, आधुनिक प्रविधिको प्रयोग, र छात्रवृत्तिसमेत उपलब्ध गराएर आर्थिक भारलाई समेत सहज बनाएको छ। कमलादी जस्तो सुविधाजनक र पहुँचयोग्य स्थानमा अवस्थित भएकाले बालबालिकाको यात्रामा पनि सजिलो हुन्छ।
अभिभाकले आफ्नो छोराछोरीको उज्ज्वल भविष्यका लागि युनिग्लोबलाई पहिलो रोजाइ बनाइरहेका छन् । ‘यहाँको शिक्षा र संस्कारले मात्र पढाइमा होइन, जीवनका सबै पक्षमा सफल बनाउने आधार तयार गर्ने गर्दछ,’ विद्यालयका प्रधानाध्यापक भन्छन्,‘ युनिग्लोब सेकन्डरी स्कुलमा पढाइ भनेको केवल किताबका पाना पल्टाउने काम होइन, यो भविष्य निर्माण गर्ने यात्रा हो। यहाँको गुणस्तरीय शिक्षा, अनुभवी शिक्षक, आधुनिक सुविधा र प्रेरणादायक वातावरणले हरेक विद्यार्थीलाई आफ्नो सपना पुरा गर्ने बाटो देखाउँछ। ’