काठमाडौं । मलेसियाली अटो निर्माता प्रोटनको विद्युतीय सवारीसाधन प्रोटन इमास नेपालको चर्चित व्यवसायिक रियालिटी शो ‘शार्क ट्याङ्क नेपाल’को आधिकारिक प्रायोजक बनेको छ ।
यस साझेदारीपछिको सिजनभर प्रोटन इमास शार्क ट्याङ्क नेपालमा प्रमुख ब्रान्डको रूपमा देखिनेछ ।
हिमालय टेलिभिजनमार्फत प्रशारण हुने उक्त कार्यक्रममा सहभागितामार्फत नेपाली स्टार्टअप र उद्यमशीलता क्षेत्रमा प्रवर्द्धन हुने विश्वास जगदम्बा मोटर्सले गरेको छ ।
जगदम्बा मोटर्स नेपालका लागि प्रोटन इमासको आधिकारिक वितरक हो ।
जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले नवप्रवर्तनमार्फत अगाडि बढाउने प्रतिबद्ध ब्रान्डको हैसियतले ‘शार्क ट्याङ्क नेपालुसँगको सहकार्यप्रति उत्साहित भएको बताए ।
‘शार्क ट्याङ्क नेपाल’ विश्वभर लोकप्रिय उद्यमशीलता शो ‘शार्क ट्याङ्क’को नेपाली संस्करण हो । यसले स्थानीय स्टार्टअपहरूलाई आफ्नो व्यवसायिक आइडिया प्रस्तुत गर्ने मौका प्रदान गर्छ ।
प्रोटन इमास दक्षिणपूर्व एसियाको ‘क्लीन मोबिलिटी’ अभियानलाई अघि बढाउने लक्ष्यसहित डिजाइन गरिएको नयाँ पुस्ताको विद्युतीय सवारीसाधन हो ।