काठमाडौं । टेस्लाको बिक्री स्वीडेन र डेनमार्कमा लगातार छैटौं महिना घटेको छ । विद्युतीय गाडी उत्पादक कम्पनी टेस्लाका प्रतिस्पर्धीहरूले बजार हिस्सा बढाउँदै लग्नु र सीईओ एलन मस्कको घट्दो लोकप्रियताका कारण बिक्री घटेको हो ।
स्वीडेनमा टेस्लाका दर्ता जुन बिक्रीको मापनको आधार मानिन्छ गत वर्षको जूनको तुलनामा ६४.४ प्रतिशतले घट्यो ।
डेनमार्कमा पनि टेस्लाको बिक्री ६१.६ प्रतिशतले घट्यो । त्यहाँ अमेरिकी विद्युतीय गाडी उत्पादक कम्पनीको परिमार्जित मोडेल वाईको बिक्री गत वर्षको तुलनामा ३१.२ प्रतिशतले घटेर १ हजार १५५ गाडीमा झर्यो ।
टेस्लाको मासिक गाडी दर्ता विवरण सार्वजनिक हुने क्रम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र एलन मस्कबीचको कर छुट तथा खर्च सम्बन्धी व्यापक विधेयकको विषयमा पुनः विवाद चर्किएको समयमा परेको हो ।