काठमाडौं । एलएस अटोको आधिकारिक वितरक नेक्सन भेन्चरले काठमाडौं तीनकुनेस्थित नयाँ शोरुम सञ्चालनको अवसरमा एलईभी ०१ को लेभलअप एक्सचेन्ज कार्निभल सुरू गरेको छ । आइतबारदेखि सुरु भएको यो कार्निभल एक हप्तासम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार कार्निभल अवधिमा ग्राहकले जुनसुकै पुरानो गाडी एलएस अटोको एलईभी ०१ एसयूभीसँग साट्न सक्नेछन् । साथै, आकर्षक क्यास डिस्काउन्ट, एक्सचेन्ज बोनस, ६.६ किलोवाटको वालमाउन्टेड चार्जर, १ वर्षको सडक कर र १ वर्षको इन्स्योरेन्स निःशुल्क पाउने अफर रहेको छ ।
एलएस अटोको एलईभी ०१ मा ६७.१२ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ, जसले कम्पनीको दाबी अनुसार ५०० किलोमिटरसम्मको रेन्ज दिन्छ । यस एसयूभीमा २१० एमएमको ग्राउण्ड क्लियरेन्स रहेको छ, जुन सेग्मेन्टमै उत्कृष्ट मानिन्छ ।
एलईभी ०१ मा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरको वारेन्टी दिइएको छ । नेपाली बजारमा यो एसयूभी स्ट्यान्डर्ड एडिसन र कम्फर्ट एडिसन गरी दुई भेरियन्टमा उपलब्ध छ । स्ट्यान्डर्ड भेरियन्टको मूल्य ५९.९५ लाख रुपैयाँ र कम्फर्ट भेरियन्टको मूल्य ६४.९५ लाख रुपैयाँ तोकिएको छ ।