अब अरू विषय पढेकाले पनि शिक्षक बन्न लाइसेन्स परीक्षा दिन पाउने

काठमाडौं । अब शिक्षा संकाय बाहेकका विषयमा स्नातक वा स्नातकोत्तर गरेका व्यक्तिहरूले पनि शिक्षक लाइसेन्स (शिक्षक अध्ययन अनुमतिपत्र) को परीक्षा दिन पाउने भएका छन् ।

प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय तहका शिक्षकका लागि शिक्षा संकाय मात्रै पढेकाले अवसर पाउने व्यवस्था परिमार्जन गरी अन्य संकायका स्नातकलाई पनि लाइसेन्स परीक्षा दिन अवसर दिने सहमति गरेको हो ।

यद्यपि शिक्षक सेवा आयोगले सञ्चालन गर्ने लाइसेन्स परीक्षा भने अनिवार्य हुने व्यवस्था कायम रहनेछ ।

यससँगै प्रत्येक शिक्षकले पाठ्यक्रम परिमार्जन गर्दा वा प्रत्येक पाँच वर्षमा सरकारद्वारा तोकिएको पुनर्ताजगी (रिफ्रेसर) तालिम अनिवार्य रूपमा लिनुपर्ने र त्यसकै आधारमा अध्यावधि हुने व्यवस्था समितिले पारित गरेको छ ।

Share News