गणितमा सबैभन्दा धेरै फेल, कुन प्रदेशमा कति पास भए ?

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा ६१.८१ प्रतिशत ग्रेडेड भएका छन् । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले गत वर्षको तुलनामा यसपटक एसईईको नतिजा बढेको बताए । गत वर्ष ४८ प्रतिशत विद्यार्थी कक्षा ११ पढ्न योग्य भएकोमा यस वर्ष बढेका हुन् ।

बोर्डले ४ लाख ३८ हजार ८९६ जनाको नतिजा प्रकाशित गरेका हो । जसमध्ये एसईईमा १ लाख ६७ हजार ५९७ परीक्षार्थी अनुतिर्ण भएका छन् । कुल परीक्षार्थीमध्ये २ लाख ७१ हजार २९९ जनामात्रै उत्तीर्ण भएका हुन् । 

शर्माका अनुसार कोशी प्रदेशमा ४७ हजार ८३५ जना, मधेश प्रदेशमा ५९ हजार ७४९ जना, बागमती प्रदेशमा १ लाख १९ हजार ५१७ जना, गण्डकी प्रदेशमा ४७ हजार ८४९ जना विद्यार्थी एसईई पास भएका छन् । 

यस्तै, लुम्बिनी प्रदेशमा ५७ हजार ६८७ जना, कर्णाली प्रदेशमा ४६ हजार ४५५ जना, सुदूरपश्चिम प्रदेशमा ५९ हजार ८०४ जना उतिर्ण भएको शर्माले बताए । 

विषयगत रूपमा हेर्दा सबैभन्दा धेरै विद्यार्थी गणितमा अनुत्तीर्ण अर्थात् ‘ननग्रेडेड’ भएका छन् । गणितमा १ लाख २८ हजार २१५ जना अनुत्तीर्ण भएका छन् । त्यसपछि अङ्ग्रेजीमा ननग्रेडेड हुने विद्यार्थीको सङ्ख्या ८० हजार ६७२ जना रहेको कार्यालयले जनाएको छ । 

यस्तै, विज्ञान र प्रविधिमा ७९ हजार २७१ जना अनुत्तीर्ण, नेपाली विषयको सैद्धान्तिक परीक्षामा ५४ हजार ७३५ जना र सामाजिक शिक्षामा ५३ हजार १८६ अनुत्तीर्ण भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

Share News