काठमाडौं । यामाहा नेपालले काठमाडौंको गोङ्गबुमा नयाँ थ्रीएस फ्यासिलिटी (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) भएको शोरुम मोटो क्राफ्ट्स प्रालिको उद्घाटन गरेको छ । टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, एमएडब्ल्यू ग्रुप अफ कम्पनीका समूह निर्देशक गोपाल कुमार अग्रवाल र एमएडब्ल्यू राइड्स प्रालिका कार्यकारी निर्देशक तथा सीईओ दीपक कुमार अग्रवाल, टोखा नगरपालिका-९ का वडा अध्यक्ष राम भक्त घिमिरेको उपस्थितिमा शोरुमको उद्घाटन गरिएको हो ।
आधुनिक पूर्वाधार र दक्ष टिम सहितको मोटो क्राफ्ट्स प्रालिले अब यामाहाको विश्वसनीय थ्रीएस अनुभव एकै छानामुनि उपलब्ध गराउने कम्पनीले जनाएको छ । जसमा ग्राहकहरूले विस्तृत सेल्स कन्सल्टेसन र भर पर्दो आफ्टर सेल्स सर्भिस लिन र सक्कली स्पेयर पार्ट्सहरू एकै स्थानमा पाउन सक्ने समूह निर्देशक अग्रवालले बताए ।
‘यामाहा पर्फर्मेन्स, भर पर्दो प्रविधि र इनोभेसनसँग जोडिएको ब्रान्ड हो । गोङ्गबुमा मोटो क्राफ्ट्स प्रालि सुरु गरेर हामीले नयाँ शोरुममात्र खोलेका छैनौँ, बरू यामाहाका प्रत्येक ग्राहकसम्म पुग्ने गरी हाम्रो उत्कृष्टताको प्रतिबद्धता फैलाइरहेका छौं । हामी सधैं पार्टनर र समुदायसँगै अगाडि बढ्नेमा विश्वास गर्छौ र यो शोरुम त्यसैको प्रतिबिम्ब हो,’ उनले भने ।
एमएडब्लु राइड्सका सीईओ अग्रवालले गोंगबुमा नयाँ थ्रीएस शोरुम सुरु गर्नु यामाहाका उत्कृष्ट उत्पादन र सेवाहरू ग्राहकको नजिक पुर्याउने प्रयास रहेको बताए । सधैं ग्राहकको सेवा, पूर्वाधार र प्राविधिक क्षमतामा उच्च मापदण्ड कायम गर्दै नेटवर्क विस्तारमा अग्रसर रहेको उनको भनाइ छ ।
मोटो क्राफ्ट्सका कार्यकारी निर्देशक सुरोज न्हेम्हाफुकीले मोटो क्राफ्ट्सबाट उच्च गुणस्तरका यामाहा दुई पाङ्ग्रे सवारी साधनको बिक्री मात्र नभई भर पर्दो आफ्टर सेल्स सर्भिस मार्फत पनि उत्कृष्ट सेवा दिने बताए । सेल्सदेखि सर्भिस हुँदै हरेक चरणमा ग्राहक सन्तुष्टि सुनिश्चित गरेर प्रत्येक राइडरसँग दीर्घकालीन विश्वास निर्माण गर्नु कम्पनीको उद्देश्य रहेको उनको भनाइ छ ।
शोरुमको शुभारम्भसँगै यामाहा नेपालले आफ्नो डिलर नेटवर्क अझ सशक्त बनाएको छ । अब गोंगबु र आसपासका ग्राहकले सजिलै यामाहाका मोटरसाइकल, स्कुटर, सर्भिस र स्पेयर पार्ट्स पाउन सक्नेछन् । एमएडब्लू राइड्स अन्तर्गतको यामाहा नेपालले भर पर्दो प्रविधि, इनोभेसन र ग्राहक सन्तुष्टिको प्रतिबद्धता मार्फत नेपाली दुई पांग्रे बजारको अगुवाइ गर्दै आएको छ ।