काठमाडौं । सामुदायिक र निजी विद्यालयको प्रारम्भिक बालविकास समिति (इसीडी) दुई वर्षको हुने भएको छ । प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको शुक्रबार बसेको बैठकमा यस्तो सहमति भएको हो।
अब पूर्व प्राथमिक शिक्षालाई दुई वर्षभन्दा भन्दा बढी अवधि नहुने गरी सञ्चालन गर्न नपाउने प्रावधान सर्वसम्मत रुपमा पारित गरेको हो ।
त्यस्तै, बाल सहजकर्ताको रूपमा काम गर्ने सहजकर्ता कम्तीमा १२ कक्षा पढेको हुनु पर्ने प्रावधान राखिएको छ । उनीहरूलाई दिने सुविधा स्थानीय कानुनमा भए बमोजिम दिनु पर्ने भनेको छ ।
अहिले कार्यरत शिक्षकलाई आयोगले लिने परीक्षामा उमेर हद नलाग्ने व्यवस्था गरेको छ । इसीडी शिक्षकको वृद्धि विकासको विषय भने टुङ्गो लागेको छैन ।
समिति सभापति अम्मरबहादुर थापाले कानुन मन्त्रालयलाई वृद्धि विकासको आधार तय गरेर समितिमा पेश गर्न निर्देशन दिएका छन् ।