विराटनगरमा कियाको शोरुम सञ्चालन, भोलिदेखि ‘किया फ्लाश एक्सचेन्ज क्याम्प’ सुरु

काठमाडौं । नेपालका लागि विश्व प्रसिद्ध दक्षिण कोरियाली अटोमोबाइल कम्पनी ‘किया’ का अधिकृत विक्रेता कन्टिनेन्टल टे«डिङ इन्टरप्राइजेज प्रालिले विराटनगरमा शोरुम सञ्चालनमा ल्याएको छ । 

कम्पनीले नयाँ ‘किया सीआई २.०’ मापदण्ड अनुसार अपडेटेड शोरुम खोलेको हो। 

कार्यक्रममा कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजका अटो डिभिजनका असिस्टेन्ट जनरल म्यानेजर मन्जीतकुमार पोखरेल, काठमाडौं शोरुम गैरीधाराका सेल्स म्यानेजर विनय श्रेष्ठ, मार्केटिङ अफिसर निरात न्यौपाने र नयाँ विराटनगर शोरुमका शोरुम इन्चार्ज कुशल लामिछाने लगायतका उपस्थित थिए ।

नेपालको पूर्वी क्षेत्रमा कियाको उपस्थिति र पकड विस्तार बढाउन विराटनगरमा शोरुम आवश्यक परेको पोखरेलले जानकारी दिए ।

यो नयाँ शोरुममा विश्वविख्यात दक्षिण कोरियाली अटो ब्रान्ड कियाका नेपालमा उपलब्ध सबै भेरियन्टका इन्धन र विद्युतीय सवारीसाधन उपलब्ध हुनेछन् ।

सोरुम सुरु गरेको उपलक्ष्यमा कम्पनीले तीनदिने फ्ल्यास एक्सचेन्ज क्याम्प पनि आयोजना गर्न लागेको छ । 

असार १४ देखि १६ सम्म (जुन २८ देखि ३० सम्म) चल्ने ‘किया फ्लाश एक्सचेन्ज क्याम्प’ मा जुनसुकै पुराना गाडीसँग कियाका नयाँ गाडी साट्न सकिने जनाइएको छ ।

सो अवसरमा एक्सचेन्जका लागि ल्याइने पुराना गाडीलाई आकर्षक मूल्य प्रदान गरिने कम्पनीले जनाएको छ । यो अफर एक्सचेन्ज क्याम्प अवधिमा बुकिङ हुने सवारी साधनमा लागू हुनेछ ।

त्यसैगरी, गाडी खरिदकर्तालाई सहज तरिकाले बैंक, वित्तीय संस्थाबाट फाइनान्सको व्यवस्था मिलाइएको छ ।  कम्पनीले क्याम्पमा बिक्री हुने गाडीमा रोड ट्याक्स र एक वर्षको सम्पूर्ण बीमा आफैले बेहोर्ने नीति लिएको छ ।

विश्वभर ख्याति कमाएका दक्षिण कोरियाली ब्रान्ड कियाका सवारीसाधनहरु ३० वर्षदेखि नेपाली सडकमा गुडिरहेका छन् । 
 

Share News