सेरेसको मनसुन एक्सचेन्ज क्याम्प सुरु

काठमाडौं ।  सेरेस नेपालले मनसुन एक्सचेन्ज क्याम्प सुरु गरेको छ । बिहीबारदेखि सुरु भएको क्याम्प १८ सम्म चल्ने जनाइएको छ । 

जसअन्तर्गत ग्राहकहरूले आफ्ना पुराना गाडीहरू एक्सचेन्ज गर्दै सेरेस ३ मा अपग्रेड गर्ने अवसर पाउनेछन् । यो क्याम्प ग्राहकलाई दिगो र भविष्य मैत्री गाडी रोज्नका लागि अधिकतम मूल्य प्रदान गर्न तयार गरिएको हो ।

योसँगै क्याम्पेनमा आकर्षक एक्सचेन्ज बोनस, अटोप्लसबीमा, प्रिमियम एक्सेसरिज र विशेष नगद छुट लगायतका अफरहरू समावेशछन् ।

आफ्नो आधुनिक डिजाइन, अत्याधुनिक प्रविधि र भरपर्दो पर्फर्मेन्सका लागि परिचित सेरेसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवैस्तरमा आफ्नो क्षमता लगातार प्रमाणित गरिरहेको छ। 

सेरेस चीनका नाफा कमाइरहेका गाडी निर्माता कम्पनीहरू मध्ये एक हो ।

यो योजना नेपालभरका सबै आधिकारिक सेरेस शोरूमहरूमा असार १२ गतेदेखि १८ गते सम्म उपलब्ध हुनेछ । 

Share News