यसरी हेर्न सकिन्छ एसईईको रिजल्ट

काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा शुक्रबार अपरान्ह साढे पाँच बजे सार्वजनिक हुँदैछ ।

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनितक एसईईको नतिजा एसएमएस र विभिन्न वेबसाइटमार्फत नतिजा सजिलै हेर्न सकिने जनाएको छ । 

नेपाल टेलिकमको एसएमएस, युएसएसडी र आइभी आरमा १६०० मार्फत नतिजा थाह पाउन सकिनेछ भने जानकी टेक्नोलोजी प्रालि ३५००१ मा एसएमएस गर्दा पनि नतिजा हेर्न सकिने छ । 

यस्तै आकाश टेक प्रालि ३१००३ मा एसएमएस, स्वीफ टेक्नोलोजी प्रालि ३४४५५अल स्टार आइटी सोलुसन्स प्राली ३४९३४९ मा एसएमस गर्दा मोबाइलमा सहजै तरिकाले नतिजा हेर्न सकिने छ । यस्तै विभिन्न वेवसाइटमार्फत पनि नतिजा हेर्न सकिने छ । 

जसमा राष्ट्रिय परक्षिा बोर्ड , परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमीको वेभसाइट www.see.gov.np, राष्ट्रिय परक्षिा बोर्ड सानोठिमीको www.neb.gov.np, नेपाल टेलिकमको www.see.ntc.net.np, कान्तिपुर पब्लिकेशन लिमिटेड, इडियू सञ्जाल प्रालिको www.see.edusanjal.com, इसेवा लिमिटेड see.esewa.com.np, खल्ती प्रालि https://khalti.com/, कलेज इन्फो नेपाल प्रालि collegeinfonepal.com/see, द कनेक्ट प्लस प्रालि https://www.theconnectplus.com, बाह्रखरी मिडिया प्राली www.12khari.com, कलेज नेपाल प्रालि https://www.collegenepal.com.see_result/, एनसेल आजियाटा लिमिटेड https://www.ncell.com.np/en , स्विफ्ट टेक्नोलोजी प्राली https://swifttech.com.np/see-result/, निमा एजुकेशन फाउण्डेशन https://result.neemaacademy.com र स्मार्ट कार्ड प्राली seemypay.com.np मार्फत पनि नतिजा हेर्न सकिने छ ।

Share News