काठमाडौं । नेपालका लागि डोङफेङ नामीको आधिकारिक वितरक एमएडब्लु वृद्धिले 'नामी फाइभ स्टार अफर' सार्वजनिक गरेको छ । सीमित अवधिको यो योजना नेपालभरिका सबै नामी शोरूमहरूमा उपलब्ध हुनेछ । अफर अन्तर्गत नयाँ विद्युतीय सवारी किन्दा वा पुरानो सवारी अपग्रेड गर्दा ग्राहकहरूले पाँच विशेष लाभहरू प्राप्त गर्नेछन् ।
कम्पनीका अनुसार ‘नामी फाइभ स्टार अफर’ अन्तर्गत ग्राहकहरूले आकर्षक नगद छुट, ७ केब्लू पल्स ३.५ डब्लू चार्जर, अटो प्लस बीमा, निःशुल्क सडक कर (चालु आर्थिक वर्षको लागि) र निःशुल्क एक्सेसरिजहरू पाउनेछन् । यी पाँच लाभहरूले नामी विद्युतीय सवारी खरिदलाई अझै सहज, सुरक्षित र आकर्षक बनाउने कम्पनीको विश्वास छ ।
बढ्दो विद्युतीय सवारी बजारमा नामी एक सुलभ, भरपर्दो र आधुनिक विकल्प बनिसकेको छ । ‘बेस्ट इन क्लास’ फिचर, स्मार्ट ड्राइभिङ रेञ्ज र प्रतिस्पर्धी मूल्यले यसलाई धेरै नेपाली उपभोक्ताहरूको पहिलो रोजाइ बनाएको छ । लक्जरी, आधुनिक डिजाइन र प्रविधिको संयोजनले नामीलाई विद्युतीय सवारी चाहने ग्राहकहरूका लागि उत्कृष्ट ब्रान्डका रूपमा स्थापित गराएको छ ।
कम्पनीले विद्युतीय सवारी पारिस्थितिकी प्रणालीलाई थप मजबुत बनाउन देशभर रिल्याक्स चार्जिङ नेटवर्क विस्तार गरिरहेको छ, जसअन्तर्गत हालसम्म ६६ स्थानमा डीसी र एसी चार्जिङ सुविधा उपलब्ध भइसकेको छ ।
यी सुविधाहरूको लाभ उठाउन इच्छुक ग्राहकहरूलाई कम्पनीले निकटतम शोरूममा समयमै सम्पर्क गर्न अनुरोध गरेको छ ।