बिर्तामोडमा एसएमएल इसुजु ग्राहक भेटघाट सम्पन्न

काठमाडौं । नेपालका लागि एसएमएल इसुजु गाडीहरूको एकमात्र वितरक लक्ष्मी कमर्शियल भेइकल्सले झापाको बिर्तामोडमा ‘ग्राहक भेटघाट २०२५’ कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा विभिन्न क्षेत्रका १५० भन्दा बढी ग्राहकहरूको सहभागिता रहेको थियो ।

कार्यक्रम लक्ष्मी ग्रुप र एसएमएल इसुजुको प्रस्तुतीकरणबाट सुरु भएको थियो । त्यसपछि लक्ष्मी कमर्शियल भेइकल्सका बस इन्चार्ज रामहरि थपलियाले एसएमएल इसुजु गाडीहरूको प्राविधिक विशेषता र फाइदाहरूबारे प्रकाश पारे ।

बिक्री तथा बिक्रीपछिको सेवा विभागका प्रमुख सञ्जय खड्काले सेवा विस्तार र ग्राहक सन्तुष्टिमाथि कम्पनीले जोड दिएको उल्लेख गर्दै ग्राहकहरूको प्रतिक्रिया सधैं प्राथमिकतामा राखिने र आगामी दिनमा अझ उत्कृष्ट सेवा प्रदान गरिने प्रतिवद्धता जनाए ।

ग्राहक सन्तुष्टि अभिवृद्धि र दीर्घकालीन साझेदारी सुदृढ गर्ने उद्देश्यले आयोजित यस कार्यक्रमले झापा क्षेत्रमै एसएमएल इसुजु ब्रान्डको छवि अझ बलियो बनाएको कम्पनीले जनाएको छ ।

आगामी दिनहरूमा पनि एसएमएल इसुजु गाडीहरूको गुणस्तर, सेवा र बिक्रीपछिको सेवाबारे जानकारी दिन यस्ता ग्राहक केन्द्रित कार्यक्रमहरू देशभर नै आयोजना गर्ने योजनामा कम्पनी रहेको जनाएको छ।

लक्ष्मी कमर्शियल भेइकल्सले भारतमा जापानी प्रविधिको प्रयोग गरी निर्माण गरिएका एसएमएल इसुजु बस तथा ट्रकहरूको बिक्री, सेवा तथा स्पेयर पाट्र्स एकै छानामुनि उपलब्ध गराउँदै आएको छ ।

नेपालको भू–आकृति र बजारमा भरपर्दो र प्रभावकारी मानिने एसएमएल इसुजु गाडीहरूले लामो समयदेखि लोकप्रियता कायम राख्दै आएका छन् । विशेष गरी स्कुल बस सेग्मेन्टमा यो ब्रान्डले नेपालमा लामो समयदेखि अग्रणी स्थान ओगट्दै आएको छ ।
 

Share News