काठमाडौं । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प (आईआरजीसी) का प्रवक्ता इब्राहिम जोल्फगारीले अमेरिका अहिले युद्धमा प्रत्यक्ष संलग्न भएको र उसले इरानको ‘पवित्र भूमिको उल्लंघन’ गरेको बताएका छन् ।
प्रवक्ता जोल्फगारीले अमेरिकालाई एक भिडियो सन्देशमार्फत चेतावनी दिएका हुन् ।
उनले भनेका छन् कि अमेरिकाले ‘गम्भीर, दुःखद र अप्रत्याशित परिणाम’ भोग्नुपर्नेछ, जुन ‘शक्तिशाली र लक्षित अपरेशन’ मार्फत दिइनेछ ।
आफ्नो भिडियो सन्देशमा जोल्फगारीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सिधै अंग्रेजीमा सम्बोधन गर्दै भनेका छन्, ‘मिस्टर ट्रम्प, ग्याम्बलर ! तपाईं यो युद्ध सुरु गर्न सक्नुहुन्छ तर समाप्त हामी गर्छौं ।’
त्यस्तै, इरानी सञ्चारमाध्यमहरूले इरानका कमाण्डर इन चीफ अमीर हातामीको पनि एउटा भिडियो सार्वजनिक गरेका छन् ।
त्यो भिडियोमा हातामीले भनेका छन् कि विगतमा जबजब अमेरिकाले इरानविरुद्ध ‘अपराध’ गरेको छ, उसले ‘कडा जवाफ’ पाएको छ र यो पटक पनि त्यही हुनेछ ।
इरानका परमाणु केन्द्रहरूको निरीक्षण गर्न संयुक्त राष्ट्रसंघीय निकायको माग
काठमाडौं । अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (आईएईए) का प्रमुख राफेल ग्रोसीले इरानमा युद्धविरामको अपील गरेका छन् ताकि इरानका परमाणु केन्द्रहरूको निरीक्षण गर्न सकियोस् ।
उनले भने, ‘कुनै पनि सम्झौताको लागि धरातलीय अवस्था प्रमाणित हुनु आवश्यक छ र त्यो केवल आईएईएको जाँचमार्फत सम्भव छ ।’
‘आवश्यक सुरक्षा र संरक्षाको स्थिति कायम राख्न शत्रुता अन्त्य हुनैपर्छ, ताकि आईएईएका टोलीहरूले ईरानको अवस्थाको मूल्याङ्कन गर्न ती स्थलहरूमा जान सकून्,’ उनले थपे ।
यसअघि अमेरिकाले ईरानका तीनवटा परमाणु केन्द्रहरूमा हमला गरेपछि राष्ट्रपति ट्रम्पले आइतबार इरानलाई चेतावनी दिएका थिए ।
उनले भनेका थिए, ‘अब शान्ति हुनेछ वा इरानका लागि यस्तो विपत्ति आउनेछ जुन पछिल्ला आठ दिनमा देखिएका घटनाभन्दा धेरै ठूलो हुनेछ ।’
सान्दर्भिक सामग्री :
मित्र इरानलाई बचाउने कि आफ्नो नाफा हेर्ने ? संकटमा रुस
इरान-इजरायल संघर्ष र अमेरिकी हस्तक्षेपले तेल बजारमा नयाँ संकट
इरान-इजरायल युद्धमा अमेरिकाको सीधा हस्तक्षेप, मध्यपूर्वमा संकट गहिरिँदै