काठमाडौं । साओमीले वाईयू सेभेन एसयूभीको मूल्य जुन २६ मा सार्वजनिक गर्ने भएको छ ।
प्रमुख कार्यकारी अधिकृत (सीईओ) लेई जुनले सोमबार आफ्नो वेइबोमार्फत यस्तो जानकारी दिएका हुन् ।
नयाँ गाडीको लागि कम्पनीले यही बिहीबार आधिकारिक सार्वजनिक कार्यक्रममा मूल्य घोषणा गर्ने र अर्डर लिन सुरु गर्ने बताए ।
साओमीले यसअघि मे महिनामा आफ्नो दोस्रो ईभी मोडेलको विशेषताहरू सार्वजनिक गरिसकेको छ ।
साओमीले आधिकारिक रूपमा आफ्नो इलेक्ट्रिक कार डिभिजन सन् २०२१ मा सुरु गरेको थियो । कम्पनीले यो दशकभरि करिब १० अर्ब डलर लगानी गर्ने घोषणा गरेको छ ।
साओमीको पहिलो इलेक्ट्रिक कारको नाम साओमी एसयू सेभेन हो जसको माग निकै उच्च छ । साओमीको पहिलो सार्वजनिक घोषणा २०२३ को अन्त्यतिर भएको थियो भने व्यावसायिक रूपमा बिक्री २०२४ मार्च/अप्रिलदेखि सुरु ।