मन्जुश्री फाइनान्सले सुरु गर्‍यो ‘इन्स्टा फन्ड ट्रान्सफर’ सेवा, अब अन्तरबैंक रकमान्तर निःशुल्क

काठमाडौं । मन्जुश्री फाइनान्सले डिजिटल सेवामा नवीनतम सुधार गर्दै ‘इन्स्टा फन्ड ट्रान्सफर’ मार्फत निःशुल्क अन्तरबैंक रकमान्तर सेवा सुरु गरेको छ ।

ग्राहकको डिजिटल बैंकिङ अनुभवलाई सहज, सुरक्षित र प्रभावकारी बनाउने उद्देश्यसहित ल्याइएको यो सुविधा मन्जुश्री स्मार्ट मोबाइल बैंकिङ एप अन्तर्गत उपलब्ध हुनेछ । यसमार्फत एनपीएसमा आबद्ध कुनै पनि बैंक तथा वित्तीय संस्थामा सजिलै रकम ट्रान्सफर गर्न सकिने कम्पनीले जनाएको छ ।

मन्जुश्री फाइनान्सले ग्राहकको विश्वास र सन्तुष्टिलाई प्राथमिकता दिँदै निक्षेपमा आकर्षक ब्याजदर तथा सुलभ कर्जासुविधा प्रदान गर्दै आएको छ । हालसम्म २७ शाखा र १ बिस्तारित काउन्टरमार्फत सेवा दिइरहेको मन्जुश्रीले १ लाख ५० हजारभन्दा बढी सन्तुष्ट ग्राहकहरूको सेवा गरिरहेको छ ।    

Share News