अमेरिकाले इरानका तीन आणविक स्थलमा बम खसाल्यो

काठमाडौं । अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ । इरानका फोर्दो, नतान्ज र एस्फाहान परमाणु केन्द्रमा अमेरिकी सेनाले आक्रमण गरेको राष्ट्रपति डोनाल्ड ट्रम्प आफैंले जानकारी दिएका छन् ।

ट्रम्पले भने, ‘हामीले फोर्दाे, नातान्ज र एस्फाहान लगायत तीन इरानी आणविक स्थलहरूमा सफलतापूर्वक आक्रमण गरेका छौं। सबै विमानहरू अब इरानी हवाई क्षेत्रबाट बाहिर छन् । सबै बमु फोर्दाेमा खसालिएको छ र सबै विमानहरू सुरक्षित रूपमा अमेरिका फर्किरहेका छन्।’ 

हाम्रा महान अमेरिकी योद्धाहरूलाई बधाई समेत ट्रम्पले भनेका छन् । संसारमा यस्तो अरू कुनै सेना छैन जसले यो गर्न सक्थ्यो। अब शान्तिको समय भएको उनको भनाइ छ । 

डोनाल्ड ट्रम्पले इरानमा भएको यो सफल सैन्य कारबाहीको बारेमा राष्ट्रलाई सम्बोधन गर्ने पनि बताएका छन् । 

Share News