२ वर्षको वार्षिक प्रतिवेदन पारित गर्न राष्ट्रिय बीमा कम्पनीले डाक्यो तेस्रो साधारण सभा

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले २ वर्षको वार्षिक साधारण सभा बोलाएको छ । सञ्चालक समितिको असार ५ गते बसेको बैठकले कम्पनीको तेस्रो वार्षिक साधारण सभा असार २९ गते बिहान ११ बजे काठमाडौंमा बोलाएको छ ।

कम्पनीको सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले आर्थिक वर्ष २०७५/७६ र आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, सोही वर्षको लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ । 

साधारण सभा प्रयोजनका लागि कम्पनीले असार २३ गतेदेखि असरा २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असार २२ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको सभामा सहभागीता जनाउन पाउने छन् । 

कम्पनीका अनुसार आर्थिक वर्ष २०७५/७६ मा ९२ करोड ५२ लाख ६७ हजार रुपैयाँ र आर्थिक वर्ष २०७६/७७ मा ६१ करोड २१ लाख ९४ हजार रुपैयाँ खुद नाफा गरेको देखिन्छ । 

Share News