११ महिनामा १७ हजारभन्दा बढी ईभी आयात, सरकारलाई २२ अर्बभन्दा बढी राजस्व

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालमा १७ हजार  ३०५ युनिट चार-पांग्रे विद्युतीय सवारीसाधन (ईभी) आयात भएका छन्। 

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार, यी गाडीहरूबाट करिब ४२ अर्ब ६१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। सरकारले सो आयातबाट २२ अर्ब ३१ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।

आयात गरिएका गाडीहरूमा ५० किलोवाट क्षमतासम्मका ४,७३७ युनिट, ५१-१०० किलोवाट क्षमताका ७,३५८ युनिट, १०१-२०० किलोवाट क्षमताका १,३५४ युनिट, २०१ किलोवाटभन्दा माथिका ४३ युनिट रहेका छन्। 

यस अवधिमा कमर्सियल प्रयोजनका लागि ३,८१३ युनिट ईभी पनि आयात गरिएका छन्।

Share News