ललितपुर महानगरको पुँजीगत खर्च ४१ प्रतिशत

ललितपुर । ललितपुर महानगरपालिकाले चालु आर्थिक २०८१/८२ को जेठ मसान्तसम्ममा ४१ प्रतिशतमात्रै पुँजीगत खर्च गरेको छ ।

जेठ मसान्तसम्म पुँजीगततर्फ १ अर्ब ९५ करोड बजेटमात्रै खर्च गर्न सफल भएको हो । महानगरको वार्षिक पुँजीगत बजेट चार अर्ब ६७ करोड ९४ लाख २३ हजार रुपैयाँ रहेकोमा कुल बजेटको ४१ प्रतिशत मात्रै खर्च भएको हो । 

महानगरले चालुतर्फ २ अर्ब २ करोड रुपैयाँ खर्च गरेको छ । जुन कुल बजेटको ७२ प्रतिशत हो । महानगरको चालुतर्फ छुट्याएको बजेट २ अर्ब ७८ करोड ८९ लाख ६९ हजार रुपैयाँ थियो ।

त्यस्तै, जेठ मसान्तसम्ममा महानगरको कुल बजेटको ६० प्रतिशत मात्रै खर्च गरेको छ । महानगरको वार्षिक बजेट ७ अर्ब ४६ करोड ८३ लाख ९२ हजार रुपैयाँ रहेकोमा जेठ मसान्तसम्ममा ४ अर्ब ५० करोड रुपैयाँ मात्रै खर्च भएको छ ।

आन्तरिक आयतर्फ ललितपुर महानगरका ३ अर्ब ५५ करोड ९६ लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य रहेकोमा हालसम्म ५८.७ अर्थात् २ अर्ब ९ करोड संकलन गरेको छ । 

Share News