काठमाडाै । ललितपुर महानगरले विभिन्न क्षेत्रमा उद्यम सिर्जना गरेका उद्यमी महिलालाई सम्मान गरेको छ । सोमबार चौथो महिला उद्यमी सम्मेलनको अवसरमा महानगर उत्कृष्ट १० उद्यमी महिलालाई सम्मान गरेको हो ।
सम्मानित हुनेमा वडा नं.१३ स्थित आमाज क्रियसनकी सुरुची खड्का, वडा नंं.३स्थित कटन केयर होमकी हसना महर्जन, वडा न १९स्थित नेटमेड फार्मेसीकी सुप्रिया शाक्य, वडा नंं.२३ स्थित जरा सोसल भेन्चर प्रालिका हेमा श्रेष्ठ छन् । त्यसैगरी वडा नं. २२ स्थित रानीदेवी कृषि तथा पशुपालन फार्म प्रा.लिका नानी माया नेपाली, वडा नं.७ स्थित नेवाः नशाः घासाःकी दिलमाया महर्जन, वडा नंं।११ स्थित निभा ट्रेड इन्टरप्राइजेजकी निलिमा बज्राचार्य, हरिसिद्धी वडा नं.२८ स्थित वःसकी दिपा कर्माचार्य , वडा नंं १९ स्थित बेष्ट टे«डसकी सुनिता बज्रचार्य, वडा नं।२ स्थित न्हू डिजाइन्सकी रश्मि तण्डुकार सम्मानित भएका छन् ।
सम्मानित हुनेलाई दोसल्लासहित सम्मान पत्र गरिएको थियो ।