एससीटी-यूपीआई कार्ड बोक्ने ग्राहकले मौलाकाली केबलकारमा १० प्रतिशत छुट पाउने

काठमाडौं । एससीटी–यूपीआई कार्ड बोक्ने ग्राहकले मौलाकाली केबलकारमा १० प्रतिशत छुट पाउने भएका छन् ।

स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी)ले जारी गर्दै आएको एससीटी–यूपीआई कार्डका सम्पूर्ण ग्राहकहरूलाई मौलाकाली केबलकारमा १० प्रतिशत छुट हुने भएको हो ।  

समुन्द्री तहबाट १८४१ फिटमाथि नवलपुर जिल्लाको गैँडाकोटमा अवस्थित यस मन्दिरमा दर्शन गर्न आउने आगन्तुकहरूको यात्रा अझ सहज र सुलभ हुने अपेक्षा गर्दै एससीटी र मौलाकाली केबलकारले यस अफर ल्याएको हो । अफरअन्तर्गत ग्राहकहरूले आफ्नो एससीटी–यूपीआई कार्डबाट पस मेसिनमार्फत टिकट खरिद गर्दा १० प्रतिशत छुट हुनेछ । 

एससीटीले हाल २१ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरूमार्फत एससीटी–यूपीआई कार्ड जारी गर्दै आइरहेको छ । 
 

Share News