काठमाडौं । फेसबुकमा सुसाइड नोट लेखेपछि सम्पर्कविहीन बनेका डा. केशव श्रेष्ठ बालाजु क्षेत्रबाट सकुशल भेटिएका छन् । काठमाडौं प्रहरी स्रोतका अनुसार श्रेष्ठलाई बालाजुको एक घर (वा होटल) बाट फेला पारेर नियन्त्रणमा लिइएको हो ।
प्रहरीले प्रारम्भिक सोधपुछका क्रममा श्रेष्ठले मानसिक तनावका कारण आत्महत्या गर्ने सोच बनाएको बताएका छन् । अहिले उनी प्रहरीको निगरानीमा छन् र आवश्यक परामर्श तथा मनोवैज्ञानिक सहयोगको तयारी भइरहेको प्रहरीले जनाएको छ ।
श्रेष्ठलाई हाल प्रहरी परिसर भद्रकाली ल्याइएको छ । घटनाबारे थप अनुसन्धान तथा समुचित सहयोगको व्यवस्था गर्ने प्रहरीको भनाइ छ ।