पोखरामा यामाहा ब्लू फेस्ट सुरु

काठमाडौं ।  'यामाहा ब्लू फेस्ट' आइतबार पोखराको सृजनाचोक (एनसेल सेन्टर अगाडि) एक भव्य उद्घाटन समारोहसहित औपचारिक रूपमा सुरु भएको छ । 

असार १ गतेदेखि ६ गतेसम्म चल्ने यो महोत्सवमा जुनसुकै ब्रान्डका जुनसुकै बाइक आकर्षक भ्यालुएसन र अफरहरू सहित सहजै एक्सचेन्ज गर्न पाइने यामाहा नेपालले जनाएको छ ।

६ गतेसम्म चल्ने कार्यक्रममा कुनै पनि ब्रान्डका कुनै पनि बाइकलाई उत्कृष्ट मूल्याङ्कन र फाइदाहरूका साथ साट्ने अवसर प्राप्त हुनेछ । 

फेस्टमा जुनसुकै ब्रान्डका जुनसुकै बाइक एक्सचेन्ज गर्न मिल्ने यामाहा नेपालले जनाएको छ । 

फेस्टमा यामाहा बाइक वा स्कुटरमा न्यूनतम ५० हजार रुपैयाँको मूल्यांकन,  अन्य ब्रान्डमा न्यूनतम २५ हजार को मूल्यांकन (कर चुक्ता अनिवार्य), एक्सचेन्जमा अतिरिक्त १० हजार बोनस, ६ हजारसम्मको नगद छुट, फ्री एक्सेसरिज, निःशुल्क आर्थिक वर्ष ०८२/८३को सडक कर भुक्तान र गारण्टरबिना सहज फाइनान्सिङ सुविधा रहेको छ ।

यामाहा नेपालले हरेक प्रकारका यात्रुहरूका लागि बनाइएका विविधतायुक्त र शक्तिशाली बाइक तथा स्कुटरहरू प्रस्तुत गर्दै आएको छ । 

७१.३३ किमी प्रतिलिटरको माइलेज रहेको नेपालकै सबैभन्दा बढी माइलेज दिने स्कुटर रेजेडआर १२५ एफआई हाइब्रिडदेखि स्टाइलिश र स्पोर्टी लुकसहितको यामाहा आर वन फिफ्टिन भी ४ सम्म यामाहाले आफ्नो स्तर सधैं उच्च राखेको छ । 

एमएडब्लु राइड्सको नेतृत्वमा रहेको यामाहा नेपाल देशको सबैभन्दा भरपर्दो र प्रतिष्ठित दुईपांग्रे ब्रान्डमध्ये एक हो ।

Share News