सेयर बजारमा ११ अर्बको कारोबार, ३ कम्पनीको मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.४७ अंकले बढेर २६५५ बिन्दुमा पुगेको छ । 

आज ९० कम्पनीको सेयर मूल्य बढ्दा १५७ कम्पनीको सेयर मूल्य घटेको छ । 

आइतबार ३०८ कम्पनीको २ करोड कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ४४ करोड रुपैयाँको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार सानिमा माइ हाइड्रोपावरको भएको छ । सानिमाको ८९ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

साथै, न्यादी गुप्रको ८७ करोड, बुटवल पावर कम्पनीको ६४ करोड, राधी विद्युत कम्पनीको ५० करोड र माउन्टेन इनर्जीको ५० करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

आज ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । ग्रिन डेभलपमेन्ट बैंक, पियोर इनर्जी र छ्याङदी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

 

Share News