काठमाडौं । टेस्लाले अमेरिकामा आफ्नो मोडल एस र मोडल एक्स कारहरू अपग्रेड गरेको छ ।
कम्पनीले बिहीबार एक पोस्ट र आफ्नो वेबसाइटमार्फत कारहरू अपग्रेड गरेको जानकारी दिएको हो । अपडेटपश्चात टेस्लाले मूल्य ५ हजार डलरले बढाएको जनाएको छ ।
टेस्लाको वेबसाइटका अनुसार यी दुई मोडलका सबै भर्सनहरूको मूल्यमा ५ हजार डलर थपिएको हो ।
मोडल एक्सको अल-ह्वील ड्राइभ भर्सनको मूल्य अब ८९ हजार ९९० डलर पुगेको छ भने यसको प्लेड भर्सनको मूल्य १ लाख ४ हजार ९९० डलर छ । मोडल एसको अल-ह्वील ड्राइभ भर्सनको मूल्य ८४ हजार ९९० डलर र प्लेड भर्सनको मूल्य ९९ हजार ९९० डलर तोकिएको छ ।