उद्योग संगठन मोरङको अध्यक्षमा राठी निर्विरोध निर्वाचित

काठमाडौं । उद्योगीहरूको साझा संस्था उद्योग संगठन मोरङको अध्यक्षमा नन्दकिशोर राठी निर्विरोध निर्वाचित भएका छन् । राठी यसअघि संगठनको वरिष्ठ उपाध्यक्षको भूमिकामा थिए ।

शनिबार सम्पन्न साधारण सभाले अध्यक्षसहित सम्पूर्ण पदाधिकारीहरूलाई निर्विरोध चयन गरेको हो । संगठनको कार्यकाल दुई वर्षको हुनेछ ।

नवनिर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा भोलेश्वर दुलाल, प्रथम उपाध्यक्षमा सुरेन्द्र गोल्छा, द्वितीय उपाध्यक्षमा विपिन कावरा, तृतीय उपाध्यक्षमा सुवोध कोइराला र कोषाध्यक्षमा पारस लुनिया चयन भएका छन् ।

null

त्यस्तै, कार्यसमिति सदस्यका रूपमा सिद्धार्थ कावरा, वीरेन्द्र राठी, सौरभ सारडा, दीपक कुमार अग्रवाल, जयेन्द्र कुमार शर्मा, सन्तोष भगत, सृजन प्याकुरेल र उकेश अग्रवाल चयन भएका छन् ।

नयाँ कार्यसमितिले शनिबार नै महिला प्रतिनिधि किरण व्याससहित प्रतिक राउत र पारस गोल्छालाई कार्यसमिति सदस्यमा मनोनीत गरेको छ ।

Share News