काठमाडौं । आइएमई लिमिटेडका प्रमुख कार्यकरी अधिकृत (सीईओ) दिवाकर पौडेलले नेपालमा भित्रिने कुल रेमिट्यान्सको ५० प्रतिशत हिस्सा आईएमई मार्फत भित्रने गरेको बताएका छन् ।
आईएमई लिमिटेडको २५औं वार्सिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
सीईओ पौडेलले २५ वर्ष अगाडिका दिनमा नेपालीहरू विदेशी भूमिमा कमाएको रकम स्वदेश पठाउन सहजीकरण गर्न आइएमईको स्थापना भएको बताए ।
उनका अनुसार अहिले रेमिट्यान्स नेपाली अर्थतन्त्रको मेरुदण्ड बन्न पुगेको छ । उनले समग्र अर्थतन्त्र चलायमान बनाउन आन्तरिक रेमिटेन्सलाई खुला गर्नुपर्नेमा जोड दिए।
सीईओ पौडेलले नेपालमै बसेर विश्व जित्न सकिन्छ भन्ने हिसाबले संस्थापक चन्द्र ढकाल र सहसंस्थापक हेमराज ढकालको अथक मेहेनत गरेकोमा सराहना गरे ।