शिक्षालाई मोर्डन प्रविधियुक्त र जीवन उपयोगी बनाउनुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षालाई मोर्डन प्रविधियुक्त र जीवन उपयोगी बनाउनुपर्ने बताएका छन् । बालुवाटारमा बिहीबार भएको काठमाडौं विश्वविद्यालयसभाको ९९ बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । 

उनले शिक्षामा आमुल परिवर्तन गर्न जरुरी रहेको बताए । उनले शिक्षामा भइरहेको असन्तुलित बजेट विनियोजनमा पुनः विचार गर्नुपर्ने बताए । मेडिकल स्वास्थ्यमा धेरै बजेट विनियोजना गर्ने र इन्जिनियर लगायत अरु विषयमा बजेट कम भइरहेको बारेमा पनि पुनःविचार गर्न जरुरी रहेको बताए । शिक्षालाई आम जनताको पहुँचमा पुर्याउन जरुरी रहेको जानकारी दिए । 

प्रधानमन्त्री ओलीले भने, ‘हामीले एजुकेसनको सन्दर्भमा आमुल परिवर्तन गर्नुपर्नेछ । केही केही धेरै नमिलेका कुराहरु छन् । एजुकेसनलाई मोर्डन टेक्नोलोजीयुक्त र जीवन उपयोगी बनाउनुपर्छ । बेरोजगार जन्माउने विगतको नहोस् । विगतको कुरालाई सच्याउनुपर्छ । अनुत्पादक र बेरोजगार खालको निकम्भा बनाउनु हुँदैन ।’

प्रधानमन्त्री ओलीले कुनै एउटा विषयमा मात्रै लगानी गरेर समाज चल्न नसक्ने जिकिर गरे । 
 

Share News