कागेश्वरी मनोहरा नगरपालिका–५ लाई बालश्रम मुक्त वडा घोषणा

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका-५ लाई बालश्रम मुक्त वडा घोषणा गरिएको छ । बालश्रमविरुद्ध अन्तर्राष्ट्रिय दिवस २०२५ को सन्दर्भ पारेर काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नं ५ लाई बालश्रम मुक्त वडा घोषणा गरिएको हो । 

कागेश्वरी मनोहरा नगरपालिकालाई बालश्रम मुक्त नगर बनाउने संकल्पको शुरुवात वडा नं ५ बाट गरिएको नगरपालिकाले आयोजना गरेको कार्यक्रममा जानकारी दिइएको छ । यससँगै अब बिस्तारै अन्य वडाहरूलाई पनि बालश्रम मुक्त बनाउँदै बालमैत्री नगर बनाउने नगरपालिकाको भनाइ छ ।

कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाकी उपप्रमुख शान्ता थापाले वडा नं ५ का वडाध्यक्ष शंकर पाण्डेलाई बालश्रम मुक्त वडा घोषित भएकोमा सम्मानस्वरुप प्रमाणपत्र प्रदान गरिन् । उक्त सम्मानपत्र वडा नं ५ का वडा सदस्य सुशान्त श्रेष्ठले वाचन गरेका थिए ।

Share News