ललितपुर महानगरको तेस्रो महिला उद्यमी सम्मेलनको तयारी पुरा

ललितपुर । ललितपुर महानगरले आयोजना गरेको तेस्रो महिला उद्यमी सम्मेलन २०८२ को तयारी अन्तिम चरणमा पुगेको छ । 

ललितपुर महानगरले आयोजना गरेको उक्त सम्मेलन असार २ गते सोमबार ललितपुरमा हुँदैछ । ललितपुर महानगरका कार्यवाहक नगर प्रमुख मञ्जली शाक्य बज्राचार्यले महिला उद्यमशीलता सहजीकरण केन्द्र कार्यान्वयन समितिको बैठकमा उद्यमी महिलालाई प्रोत्साहित गर्न सम्मेलन गरेको बताइन् ।

महिला उद्यमीको समस्या सुन्न र आवश्यकता बुझ्न सम्मेलन आयोजना गरेको जानकारी उनले दिइन् । सम्मेलनमा महिला उद्यमीले उत्पादन गरेको सामानहरूको ३० वटा प्रदर्शनी कक्ष समेत राखिनेछ । यसैगरी सम्मेलनमा उत्कृष्ट उद्यमी महिलालाई सम्मान गर्ने ललितपुर महानगर महिला विकास महाशाखाले जनाएको छ ।

Share News