काठमाडौं । नेपालका लागि होण्डा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले ग्राहक सन्तुष्टि र सुरक्षालाई प्राथमिकता दिँदै ३ दिने निःशुल्क सर्भिस क्याम्प तथा सेफ्टी रिकल कार्यक्रम सञ्चालन गर्न लागेको छ।
उक्त सर्भिस क्याम्प आगामी जेठ २७ देखि २९ गतेसम्म ललितपुरको धोबीघाटस्थित होण्डा सर्भिस सेन्टरमा सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ । काठमाडौं , ललितपुर, भक्तपुर लगायतका क्षेत्रका होण्डा गाडीधनीहरूलाई लक्षित गर्दै यो कार्यक्रम ल्याइएको हो ।
कार्यक्रम अन्तर्गत २००१ देखि २०१४ मोडलसम्मका होण्डा कम्पनीद्वारा तोकिएका गाडीहरूमा सेफ्टी रिकल कार्यक्रम अनुसार निःशुल्क एयरब्याग परिवर्तन सेवा प्रदान गरिनेछ । सवारी सुरक्षाका दृष्टिले यो सेवा निकै महत्त्वपूर्ण हुने कम्पनीको भनाइ छ । यसका अतिरिक्त, सहभागी ग्राहकहरूले विभिन्न सेवा सुविधामा उल्लेखनीय छुट पाउने छन् ।
क्याम्प अन्तर्गत २००१ देखि २०१४ मोडलसम्मका कम्पनीद्वारा तोकिएका गाडीहरूमा होण्डा सेफ्टी रिकल कार्यक्रम अन्तर्गत निःशुल्क एयरब्याग परिवर्तन गरिनेछ । साथै, ग्राहकहरूले विभिन्न सेवा सुविधाहरूमा विशेष छुट पनि प्राप्त गर्न सक्नेछन्, जसअन्तर्गत लेबर चार्जमा १० प्रतिशत, पाट्र्समा ७ प्रतिशत, ल्युब्रिकेन्टमा ५५, एसि रिफिलमा २० प्रतिशत र डेन्ट–पेन्ट सेवामा १० प्रतिशत छुट प्रदान गरिनेछ ।
स्याकार ट्रेडिङ्ग कम्पनीले ग्राहकहरूलाई उच्चस्तरीय सेवा र सुरक्षाको सुनिश्चितता दिन यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको छ । कम्पनीले भविष्यमा पनि नविन र सुविधायुक्त सेवा विस्तार गर्दै ग्राहक सन्तुष्टि बढाउने प्रतिबद्धता जनाएको छ ।
यस विशेष अवसरको भरपुर लाभ उठाउन सम्पूर्ण होण्डा गाडीधनीहरूलाई सहभागी हुन कम्पनीले आग्रह गरेको छ ।