काठमाडौं । मसेराटीले नयाँ व्यापार योजना छिट्टै सार्वजनिक गर्ने योजना बनाएको कम्पनीका प्रमुखले बिहीबार जानकारी दिएका छन् ।
जसको घोषणा यस महिनाको अन्त्यमा अभिभावक कम्पनी स्टेलान्टिसका नयाँ प्रमुख एन्टोनियो फिलोसा औपचारिक रूपमा कार्यभार सम्हालेपछि गरिने जनाइएको छ ।
घाटामा रहेको इटालियन ब्रान्ड स्टेलान्टिस जुन विश्वकै चौंथो ठूलो अटो निर्माता स्टेलान्टिसको लक्जरी सेग्मेन्टको एकमात्र ब्रान्ड हो । यसले हालका लागि कुनै नयाँ मोडेल सार्वजनिक गर्ने योजना बनाएको छैन । स्टेलान्टिसले गत वर्ष स्थगित गरिएको अघिल्लो व्यापार योजनापछि मसेराटीको रणनीतिहरू पुनरावलोकन गरिरहेको छ ।
मसेराटीका सीईओ सान्तो फिसिलीका अनुसार योजना अन्तिम चरणमा पुगेको छ र यसमा नयाँ उत्पादनहरू मात्र होइन, विक्रेताहरूसँगको सम्बन्ध र सेवा नेटवर्कको पुनः संरचनाको विषय पनि समावेश हुनेछ ।
स्टेलान्टिसले गत साता आफ्नो इटालियन नागरिक एन्टोनियो फिलोसालाई नयाँ सीईओ घोषणा गरेको थियो । उनको नियुक्ति जुन २३ देखि लागू हुनेछ ।
'एन्टोनियोलाई मसेराटी ब्रान्ड निकै मन पर्छ, मलाई लाग्छ हामीले ठूला उपलब्धि गर्नेछौं,' फिसिलीले भने । मसेराटीले आफ्ना सम्पूर्ण मोडेलहरू इटालीमै डिजाइन, इन्जिनियर र उत्पादन गर्न जारी राख्ने उनले जानकारी दिए ।
कमजोर परिणाम र बिक्रीमा गिरावटका कारण स्टेलान्टिसले मसेराटी बिक्री गर्ने तयारीमा छ भन्ने बजार अड्कलबाजीका बारेमा सोधिएको प्रश्नमा फिसिलीले यस्तो कुनै योजना नभएको पुनः पुष्टि गरे ।
स्टेलान्टिसको प्रिमियम ब्रान्ड अल्फा रोमियोको नेतृत्व पनि सम्हालेका फिसिलीले अल्फा रोमियोको योजनाको पनि चाँडै पुनरावलोकन गरिने जानकारी दिए ।
समूहले मसेराटी र अल्फा रोमियोका लागि रणनीति सल्लाहका लागि परामर्शदाता कम्पनी म्याक्किन्सीलाई नियुक्त गरेको छ किनभने यी ब्रान्डहरू अमेरिकी ट्यारिफ ९शुल्क० को असरमा पर्ने छन् ।
मसेराटीको करिब ३० प्रतिशत बिक्री अमेरिकी बजारमा हुने गर्छ भने अल्फा रोमियोको करिब १५ प्रतिशत ।
ट्रम्प-मस्क विवादले टेस्लाको सेयरमा भारी गिरावट, १५० अर्ब डलर बजारबाट गायब