नेपालको बाटोमा ५०० प्लस सेरेसका गाडी, ३ नयाँ मोडेल छिट्टै सार्वजनिक हुने

काठमाडौं । नेपालमा सेरेस सवारीसाधनको अधिकृत वितरक एमएडब्ल्यू अटोमोबाइलले छिट्टै तीनवटा नयाँ मोडेल सार्वजनिक गर्ने तयारी भइरहेको जनाएको छ ।

हालसम्म नेपालभरि ५०० भन्दा बढी सेरेस गाडीहरू बिक्री भइसकेका छन् ।

ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिँदै देशभर फैलिएको सेवा केन्द्रहरूको सञ्जालमार्फत सेरेसले गाडीधनीहरूलाई सहज र समयमै सेवा उपलब्ध गराएको छ । देशभर सर्भिस लोकेसनहरूको संख्या बढेसँगै ग्राहकहरूले मर्मत तथा सर्भिसको पहुँच झनै सजिलो रूपमा पाउन थालेका छन् । 

अहिले देशका विभिन्न स्थानमा १२२ वटा चार्जिङ स्टेसन बनिसकेको एमएडब्लू अटोमोबाइल्सले जनाएको छ ।

हालै सेरेस ब्रान्डबारे बजारमा केही अफबाह फैलिएको भन्दै अटोमोबाइल्सले सेरेसको सेवा र कारोबार नियमित रूपमा चलिरहेको उल्लेख गरेको छ । ग्राहकको विश्वास र सेरेसप्रतिको सन्तुष्टि नै बजारमा सेरेसको मजबुत उपस्थिति पुष्टि गर्ने आधार बनेको कम्पनीको दाबी छ ।

एमएडब्लू अटोमोबाइल्सले आगामी दिनमा समेत ग्राहकसँगको आफ्नो साथ केवल खरिदको समयसम्म सीमित नरहने वाचासमेत गरेको छ । 

Share News