जेभियर इन्टरनेशनल स्कुललाई १३ वटा फोटोन माउन्टेन इभी भ्यान हस्तान्तरण

काठमाडौं । एमएडब्लु वृद्धि कमर्सियल भेइकलले जेभियर इन्टरनेशनल स्कुललाई १३ वटा नयाँ फोटोन माउन्टेन इलेक्ट्रिक स्कुल भ्यानहरू हस्तान्तरण गरेको छ ।

साँचो हस्तान्तरण कार्यक्रममा एमएडब्लु वृद्धि र जेभियर स्कूलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

हस्तान्तरण कार्यक्रममा एमएडब्लु वृद्धिका सीईओ तुषार गुप्ताले विद्यालयलाई ईभी राखेकोमा धन्यवाद दिए ।

सेल्स डेड नवीन आचार्यले फोटोन माउन्टेन इभीमा सुरक्षा, दिगोपन, स्पेस र दक्षता सबै संयोजन रहेको जानकारी दिए ।

यससँगै जेभियर इन्टरनेशनल स्कुल नेपालमै ठूलो संख्यामा ईभी प्रयोग गर्ने पहिलो शैक्षिक संस्था बन्न पुगेको छ । फोटोन माउन्टेन इभी एक आधुनिक, प्रदूषणमुक्त भ्यान हो । यो विशेषगरी विद्यालयका विद्यार्थीहरूको सुरक्षित र भरपर्दो यातायातका लागि उपयुक्त छ । यसमा ५३।५८ किलोवाटको सीएटीएल ब्याट्री र १३० किलोवाट क्षमताको मोटर जडान गरिएको छ, जसले ३३० एनएमसम्मको टर्क दिन्छ ।

एमएडब्लु वृद्धि नेपालमा फोटोन मोटर्सको आधिकारिक आयातकर्ता कम्पनी हो । 

Share News