धनगढीमा दिगोको नयाँ शोरुम

काठमाडौं । दिगो ग्रुपले पश्चिम नेपालमा आफ्नो उपस्थिति सुदृढ बनाउने उद्देश्यले धनगढीमा ख्वाजा ट्रेडर्सलाई अधिकारिक बिक्रेता नियुक्त गरेको छ । 

नयाँ शोरुमको उद्घाटनसँगै दिगोले सुदूरपश्चिम क्षेत्रका ग्राहकहरूलाई नयाँ विद्युतीय सवारीसाधनहरू सहज रूपमा उपलब्ध गराउने छ ।

उक्त शोरुममा दिगोले नेपालभर बिक्री वितरण गर्दै आएको डीएफएसके ब्रान्डअन्तर्गतका डीएफसीके डाँफे भ्यानको ११ सिट क्षमताको विद्युतीय मोडेलका साथै १४, १६ र १९ सिट क्षमताका माइक्रोबसहरू उपलब्ध हुनेछन् ।

दिगोका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सौरभ श्रेष्ठले धनगढीमा शोरुम खोल्न पाउँदा खुसी लागेको बताए ।

ख्वाजा ट्रेडर्सका सञ्चालक गुलाम रसुल अन्सारीले धनगढीका लागि यो अवसर विशेष रहेको बताए । 
 

Share News