काठमाडाै । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सेचेञ्ज (नेप्से) का अनुसार बिहीबार नेप्से ५.९९ अंकले बढेर २६४१.४६ विन्दुमा कायम भएको छ ।
आज ३११ कम्पनीको ७७ हजार ६६० पटक कारोबारमा एक करोड ७१ लाख ८ हजार ८०९ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ९७ करोड ८ लाख ८६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
बिहीबार दुई उपसमूहबाहेकका सेयर घटेको छ । हाइड्रो पावर १.२४ र लगानीको ०.०१ प्रतिशतले बढेको छ ।
त्यस्तै आज रिभल्स फल्स पावर, बुटवल पावर कम्पनी, पियोर इनर्जी र बरुण हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको छ ।