राष्ट्र बैंक कर्मचारी संगठनको परिषद बैठक सम्पन्न, आर्थिक स्थायित्वमा जोड

काठमाडौं । काठमाडौंमा नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल राष्ट्र बैंकको चौथो केन्द्रीय परिषद बैठक सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि माओवादी केन्द्रका उपमहासचिव एवं पूर्व अर्थमन्त्री वर्षमान पुन र विशिष्ट अतिथि राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलको उपस्थिति रहेको थियो ।

गभर्नर पौडेलले यूनियनहरूलाई कर्मचारीको भावना व्यवस्थापनसँग सशक्त रूपमा जोड्न आग्रह गरे भने पूर्वमन्त्री पुनले वित्तीय र मौद्रिक नीतिको समन्वयबाट मात्र आर्थिक स्थायित्व सम्भव हुने बताए ।

कार्यक्रममा विभिन्न कर्मचारी संघसंस्थाका अध्यक्षहरू, बैंकका डेपुटी गभर्नरहरू, र नेपाल राष्ट्र बैंकका कर्मचारीहरूको उल्लेखनीय उपस्थिति थियो ।

संगठनका अध्यक्ष कृष्ण केसीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संगठनले नवनियुक्त गभर्नरलाई बधाई र शुभकामना समेत प्रदान गरेको थियो । कार्यक्रमले कर्मचारी हित, सहकार्य र संगठनात्मक एकताको सन्देश दिएको छ ।

Share News