वैदेशिक रोजगार बीमा व्यवसायमा सन् लाइफको हिस्सा ३४ प्रतिशत, कस्को कति ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को १० महिना (वैशाख) सम्ममा जीवन बीमा कम्पनीहरूले वैदेशिक रोजगार बीमा व्यवसायबाट २ अर्ब ८८ करोड रुपैयाँ आर्जन गरेका छन् । 

नेपाल बीमा प्राधिकरणले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार हाल ११ वटा जीवन बीमा र ३ लघु जीवन बीमा कम्पनीहरूले २५ लाख १ हजार ३६८ वटा वैदेशिक रोजगार बीमालेख जारी गरेर २ अर्ब ८८ करोड २७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।

वैदेशिक रोजगार बीमा व्यवसायबाट सन् नेपाल लाइफले सबैभन्दा धेरै व्यवसाय आर्जन गरेको छ । कुल वैदेशिक रोजगार बीमा व्यवसायमा सन् नेपालको मात्रै ३४.२१ प्रतिशत हिस्सा रहेको छ । सन् नेपालले वैशाखसम्मममा ९८ करोड ६२ लाख रुपैयाँ व्यवसाय आर्जन गरेको छ ।

वैदेशिक रोजगार बीमाबाट धेरै व्यवसाय गर्ने दोस्रो कम्पनीमा एसियन लाइफ रहेको छ । एशियन लाइफले वैशाखसम्ममा ७६ करोड ४४ लाख रुपैयाँ कुल व्यवसाय गरेको छ । वैदेशिक रोजगार बीमा व्यवसायमा एशियन लाइफको हिस्सा २६.५२ प्रतिशत रहेको छ ।

तेस्रोमा आईएमई लाइफ रहेको छ । आईएमई लाइफले चालु आवको १० महिनामा वैदेशिक रोजगार बीमाबाट २० करोड ३१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । कुल वैदेशिक रोजगार बीमा व्यवसायमा आईएमई लाइफको हिस्सा ७.०५ प्रतिशत रहेको छ ।

त्यस्तै, कुल वैदेशिक रोजगार बीमा व्यवसायमा नेपाल लाइफकोे हिस्सा ६.९४ प्रतिशत रहेको छ । वैशाखसम्ममा उक्त कम्पनीले २० करोड एक लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । वैदेशिक रोजगार बीमा व्यवसायबाट नेशनल लाइफले १६ करोड ८९ लाख रुपैयाँ, सानिमा रिलायन्सले १४ करोड २२ लाख, सूर्यज्योति लाइफले १० करोड २९ लाख रुपैयाँ, सिटिजन लाइफले १० करोड १४ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ९ करोड ७७ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ९ करोड ३ लाख रुपैयाँ र हिमालयन लाइफले ६७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

null

कुल वैदेशिक रोजगार बीमा व्यवसायमा नेशनल लाइफको ५.८६ प्रतिशत, सानिमा रिलायन्स लाइफको ४.९४ प्रतिशत, सूर्यज्योति लाइफको ३.५७ प्रतिशत, सिटिजन लाइफको ३.५२ प्रतिशत हिस्सा रहेको छ । त्यस्तै, रिलायबल नेपाल लाइफले ३.३९ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ३.१४ प्रतिशत र हिमालयन लाइफको ०.२३ हिस्सा रहेको छ ।

लघु जीवन बीमा कम्पनीहरूमा वैदेशिक रोजगार बीमा व्यवसायबाट लिबर्टी माइक्रो लाइफले १ करोड ३५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । वैदेशिक रोजगार बीमा व्यवसायमा लिबर्टी माइक्रोको हिस्सा ०.४७ प्रतिशत रहेको छ ।

त्यसैगरी, गार्डियन माइक्रो लाइफले ३८ लाख १४ हजार रुपैयाँ क्रेस्ट माइक्रो लाइफले ८ लाख ८१ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छन् । वैदेशिक रोजगार बीमा व्यवसाय गार्डियन माइक्रो लाइफको ०.१३ प्रतिशत र क्रेस्ट माइक्रो लाइफको ०.०३ प्रतिशत हिस्सा रहेको छ ।

Share News