सिटिजन्स बैंकका ग्राहकलाई डाएमण्ड हिल रिर्सोटमा १५ प्रतिशत छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काभ्रेको पनौतीस्थित डाएमण्ड हिल रिर्सोटबीच विशेष छुटसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । यस समझदारीपछि बैंकका कार्डबाहक, प्रिभिलेज कार्डबाहक तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले रिर्सोट सेवामा १५ प्रतिशत छुट प्राप्त गर्नेछन् ।

यस सहकार्यमार्फत नगद कारोबारको सट्टा डिजिटल भुक्तानी प्रणालीको प्रयोग बढाउने र ग्राहकलाई डिजिटल सेवा प्रयोग गर्न थप प्रोत्साहन दिने लक्ष्य लिइएको बैंकले जनाएको छ ।

सिटिजन्स बैंकले समय–समयमा यस्ता ग्राहकहित केन्द्रित सुविधाहरू ल्याउँदै डिजिटल बैंकिङ प्रवर्द्धन गरिरहेको छ । छुट सम्बन्धी विस्तृत जानकारी बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध छ ।

Share News