एमटी- फिफ्टिन भर्सन टु किन्ने देशभरका ग्राहकका लागि विशेष अफर

काठमाडौं । यामाहा नेपालले एमटी- फिफ्टिन भर्सन टु किन्न चाहनेहरूलाई लक्षित गर्दै एक विशेष लिमिटेड टाइम अफर सार्वजनिक गरेको छ । 

एमटी- फिफ्टिन भर्सन टु खरिदमा प्रत्येक ग्राहकले उपहारस्वरूप एक प्रिमियम राइडिङ ज्याकेट पाउने यामाहा नेपालले जनाएको छ । जेठ १८ गतेदेखि सुरु भएको यो अफर नेपालभरिका सबै अधिकृत यामाहा शोरूमहरूमा उपलब्ध हुनेछ । 

नगद वा सजिलो किस्ताबन्दी योजनामा बाइक किन्ने प्रत्येक नेपाली ग्राहकले ‘कवच’ ब्रान्डसँगको सहकार्यमा तयार गरिएको गुणस्तरीय र प्रिमियम राइडिङ ज्याकेट प्राप्त गर्नेछन् । 

अत्याधुनिक डिजाइन, टिकाउपन र सुरक्षालाई ध्यानमा राखेर ज्याकेट निर्माण गरिएको हो ।

यो अफर विशेष रूपमा एमटी- फिफ्टिन भर्सन टुका निलो र सेतो रंगहरूमा मात्र लागू हुने यामाहा नेपालले जनाएको छ । 

एमएडब्ल्यू राइड्सअन्तर्गत सञ्चालित यामाहा नेपाल नेपालकै भरोसायोग्य र उन्नत प्रविधियुक्त दुईपांग्रे ब्रान्ड हो। 
 

Share News