अनु चौधरीको स्वरमा रहेको गीत ‘बाबुजी’ सार्वजनिक

काठमाडौं । अनु चौधरीको स्वरमा रहेको गीत ‘बाबुजी’ सार्वजनिक भएको छ । उत्तम भण्डारीको शब्द एवं संगीत, बावुल गिरीको एरेञ्ज र बावुलकै मिक्सिङ र माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

उत्तम श्रेष्ठ (शिशिर)को निर्देशन रहेको गीतको भिडियोमा श्रीकृष्ण निरौला र आराध्यालक्ष्मी खड्गीलाई फिचरिङ गरिएको छ । विशाल थापा र टिमको सिनेमाटोग्राफी रहेको भिडियोमा मीन रावलको दृश्य सम्पादन रहेको छ ।

विशाल कैनीको कोरियोग्राफी रहेको भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो । 

‘हामी सबैको मिहिनेतबाट एउटा उत्कृष्ट गीतको भिडियो पस्केका छौं, प्रतिक्रियाका साथै साथ सपोर्टको अपेक्षा गर्दछौं,’ गायिका चौधरीले भनिन् । 

अनुले नेपाली चलचित्रमा पनि अभिनय गरेकी छन् । कोरियोग्राफरमा पनि कुशल अनु हालै ‘आमा आज पनि रुन्छिन’मा अनुबन्धित भएकी छन् ।

उनले निर्देशन र कोरियोग्राफमा वर्ल्ड बुकअफ रेकर्ड पनि राखेकी छन् ।

Share News