शाओमीको नयाँ ईभी वाईयू सेभेन सार्वजनिक, टेस्ला मोडेल वाईलाई कडा चुनौती

काठमाडौं । शाओमीले बिहीबार बेइजिङमा आफ्नो नयाँ स्पोर्ट्स युटिलिटी गाडी सार्वजनिक गरेको छ, जसले विश्वकै सबैभन्दा ठूलो अटो बजारमा टेस्लासँग प्रतिस्पर्धा गर्न अझ तयार बनाउने लक्ष्य लिएको छ ।

शाओमीले वाईयू सेभेनलाई बेइजिङका १३ वटा सोरुममा सार्वजनिक गरेको हो । आगामी जुलाईदेखि अर्डर लिन सुरु गर्ने कम्पनीले जनाएको छ । गत वर्ष सार्वजनिक गरिएको स्पोर्टी एसयू सेभेन सेडानको सफलतालाई पुनः दोहोर्याउने लक्ष्य शाओमीले लिएको छ । सेडान गत डिसेम्बरदेखि मासिक आधारमा टेस्लाको मोडेल ३ भन्दा बढी बिक्री हुँदै आएको छ ।

विश्लेषकहरूका अनुसार वाईयू सेभेनले टेस्लाको सर्वाधिक बिक्री हुने मोडेल वाईलाई ठूलो चुनौती दिन सक्छ । यद्यपि यसको सार्वजनिक घोषणा यस्तो समयमा आएको छ जब चीनको अत्यन्त प्रतिस्पर्धात्मक ईभी बजारमा नयाँ प्रवेशकर्ता शाओमीका ईभी अर्डरहरू केही विवादहरूका कारण घटेका छन् ।

चीनका अधिकारीहरूले मार्च अन्त्यतिर भएको एक घातक दुर्घटनाको अनुसन्धान गरिरहेका छन्, जुन एसयू सेभेनले ड्राइभिङ-असिस्ट मोडमा चलाइरहेका बेला भएको थियो । सो घटनापछि कम्पनीले झूटो विज्ञापनको गुनासो उठेपछि अस्पष्ट मार्केटिङका लागि माफी मागेको थियो ।
 
३४ वर्षीय प्राविधिककर्मी लिउ जियासिङ बिहीबार बिहान बेइजिङको ओरिएन्टल प्लाजास्थित शाओमीको फ्ल्यागशिप सोरुममा पुग्ने पहिलो दर्शकमध्ये एक थिए । 

लिउले गाडीको डिजाइन र रंग मनपरेको बताउँदै शाओमीका गाडीहरू कम्पनीका व्यक्तिगत ग्याजेटहरू र स्मार्ट होम उत्पादनहरूसँग जोडिन सक्ने सुविधालाई स्थानीय ब्रान्डहरूले चिनियाँ ग्राहकहरूको चाहना विदेशी ब्रान्डहरूभन्दा राम्रोसँग बुझेको प्रमाणको रूपमा लिए ।

उनले भने, 'पहिले म अमेरिकी, जर्मन र फ्रेन्च ब्रान्डतर्फ बढी आकर्षित हुन्थें, तर चीनको ईभी उद्योगको तीव्र प्रगतिले अब ब्रान्डभन्दा उत्पादनमा ध्यान दिन बाध्य बनाएको छ ।'

अर्का एक आगन्तुक थिए- टम भ्यान डिलन, जो बेइजिङस्थित जर्मन व्यवस्थापन परामर्श कम्पनी ग्रीनकर्नका म्यानेजिङ पार्टनर हुन् । उनले वाईयू सेभेनका केही 'अप्रयोजन' लाग्ने स्मार्ट फिचरहरूको आलोचना गरे तापनि यो मोडेल वाइको एक बलियो प्रतिस्पर्धी भएको बताए ।

शाओमीले भनेको छ कि वाईयू सेभेनको मूल्य जुलाईमा मात्र सार्वजनिक गरिनेछ ।

एचएसबीसी कियानहाईले गत हप्ता प्रकाशित एक टिप्पणीमा नयाँ एसयूभीको मूल्य २ लाख ३० हजार युआनदेखि ३ लाख ३० हजार युआन ९३१,९८९ (४५ हजार ८९८ डलर) को बीचमा हुनसक्ने अनुमान गरेको छ । कम्पनीले यस वर्ष १ लाख वाईयू सेभेन युनिट बिक्री गर्ने र २०२६ मा २ लाख ४९ हजार युनिट बेच्ने अपेक्षा गरेको छ।

टेस्ला मोडेल वाइको मूल्य चीनमा २ लाख ६३ हजार ५०० युआनबाट सुरु हुन्छ ।

चीनको अटो बजार : मूल्य प्रतिस्पर्धाले उद्योगमा ठूलो परिवर्तनको डर उत्पन्न
 

Share News